Monday, September 23, 2013

प्रहरीको प्रगति सार्वजनिक


सुर्खेत, १ असोज ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भदौं महिनामा अपराधिक कार्य नियन्त्रणमा भएको उपलब्धी सार्वजनिक गरेको छ । उत्तरगंगा–५ निवासी गणेश विसीलाई जवरजस्ती करणीको आरोपमा पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी भिमदल गण कपासे व्यारेक सुर्खेतमा कार्यरत अमल्दार प्रकाश बाबु श्रेष्ठलाई पनि जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरि अनुसन्धान थालिएको छ ।  वीरेन्द्रनगर–१० बस्ने सवित्रा थापा, दिपेन्द्र थापाका विचमा भएको झै–झगडाको दुवै पक्ष राखी समाधान गरिएको छ । मादक पदार्थ सेवन गर्ने तीन जनालाई वीरेन्द्रनगर–११ चनौटेबाट नियन्त्रणमा लिई कारबाही गरी आफ्न्तको जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।
लाटीकोइली–५ बामेखोला बस्ने २३ बर्षिय कमल सुनार १३ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको मुद्धामा पक्राउ गरी अनुसन्धान कार्य थालिएको छ । जर्वुटा–१ बस्तिपुरमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने रविलाल थापालाई कार्वाहि गरिएको जनाईएको छ ।

No comments:

Post a Comment