Monday, September 23, 2013

एमाओवादीको घरदैलो अभियान


सुर्खेत १ असोज ।
एकीकृत नेकपा (माओवादी) ले सुर्खेतको क्षेत्र नं. ३ मा मंगलबारदेखि घरदैलो अभियान सुरु गरेको छ । एमाओवादी जिल्ला नेतृत्वको सहभागिता मंगलबार अभियानको उद्घाटन गरिएको हो ।
जनताका घरघरमा पुगेर आफ्ना एजेण्डा र निर्वाचनका बारेमा जानकारी गराउन एमाओवादीले अभियान थालेको बताएको छ । ‘सुदृढिकरण संगठन, व्यापक जनपरिचालन, जनताको घरदैलोमा एकीकृत माओवादीको अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा एकीकृत माओवादीका भेरी–कर्णाली राज्यसमिति संयोजक डिआर पौडेल, केन्द्रीय सदस्य सीता नेपाली लगायतले निर्वाचन अगाडि आफ्नो संगठनलाई बलियो बनाउन कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।
कार्यक्रममा पूर्व सभासद् नरबहादुर विष्ट, जिल्ला संयोजक भिमबहादुर मल्ल, भेरी–कर्णाली राज्यसमिति सदस्य कृष्ण जिसी लगायतको पनि सहभागिता रहेको थियो ।  घरदैलो अभियानको पहिलो दिन एमाओवादीमा स्थानीय नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
एमाओवादीले क्षेत्र नं. १ को मेहेलकुनामा ३ र ४ गते घरदैलो अभियान सञ्चालन गर्ने र त्यस लगत्तै क्षेत्र नं. २ को दशरथपुरमा ५ गते र अवलचिङमा ६ गते अभियान सञ्चालन गर्ने जनाएको छ ।


No comments:

Post a Comment