Monday, September 23, 2013

विश्वकर्मा बाबाको पुजा गरियो


सुर्खेत १ असोज ।
विश्वकर्मा बाबाको पुजाका अवसमा मङलबार सुर्खेत लगायत देशभर मेशिन, औजार तथा फलामबाट बनेका विभिन्न यन्त्रहरुको पुजाआजा गरि मनाईएको छ । हरेक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्वकर्मा बाबाको पुजाका अवसरमा सुर्खेतमा पनि यातायातका साधन, हातहतियार तथा फलामसंग सम्बन्धित कारोबार गर्ने पसलहरुमा पूजा गरेर मनाइएको छ । खास गरि विश्कर्मा पूजा तराइका जिल्लाहरमा धुमधामका साथा मनाइने प्रचलन भएतापनि पछिल्लो समयमा सुर्खेत, दैलेख, जाजारकोट लगायतका पहाडी जिल्लाहरुमा समेत मनाउने प्रचलन रहेको छ ।
यस पर्वका दिन जिल्लामा रहेका विश्वकर्मा मन्दिरहरुमा विहानैदेखि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । सुर्खेत लगायत पूर्वी तथा मध्यपश्चिम  तराईका बाँके, बर्दिया, कैलाली, र कञ्चनपुर लगायतका जिल्लाहरुमा विश्कर्मा बाबाको मन्दिर खडा गरी धुमधामका साथ पूजाआजा भइरहेको थियो ।
विश्कर्मा पूजा गर्नाले वर्ष भरी व्यापार फस्टाउनुका काथै फलामजन्य वस्तुहरुबाट शरीरमा घाउचोट पटक नलाग्ने तथा सवारी दुघटना नहुने धार्मिक विश्वास पनि रहेको छ ।

No comments:

Post a Comment