सुर्खेत, भदौं ।
नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको बैठक जारी रहेको छ । तीन वटै निर्वाचन क्षेत्रबाट आएका सम्भावित उम्मेदवारको नामावलीका विषयमा आइतबारदेखि पार्टी कार्यालय ऋषि स्मृति भवनमा बैठक जारी रहेको छ ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतको अध्यक्षमा बैठक बसेको थियो । निर्वाचन क्षेत्र नं. २ र ३ वटा सिफारिस गरिएका नामावलीका सम्बन्धमा सर्वसम्मत जिल्ला कमिटिले अनुमोदन गरेको छ । क्षेत्र नं. १ को उम्मेदवार सिफारिसका विषयमा विवाद उत्पन्न भएपछि सोमबार विहान १० बजे पुनः बैठक डाकिएको छ ।
प्रतिस्पर्धी दल नेपाली काँग्रेसले पूर्णबहादुर खड्कालाई एक्लो प्रत्यक्ष उम्मेदवार सिफारिस गरेपछि नेकपा एमाले बृत्तमा चलाखी अपनाइएको छ । क्षेत्रीय कमिटी क्षेत्र नं. १ बाट आएको नामावलीका विषयमा जिल्ला कमिटीमा छलफल जारी रहेको जनाईएको छ ।
![]() |
| CPNUML |
जिल्ला कमिटीको बैठकले नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटीको निर्णय बमोजिम क्षेत्रको निर्णयलाइ जस्ताको तेस्तै निर्वाचन क्षेत्र नं. ३ बाट प्राथमिकता क्रम अनुसार नवराज रावत, डिलाराम गीरी र नन्दा गुरुङको नाम प्रत्यक्षबाट अञ्चलका लागि अनुमोदन गरेको छ भने उता निर्वाचन २ बाट पूर्व मेयर शिवप्रसाद उपाध्याय, पूर्व मन्त्री यामलाल कँडेल र अनिता कोइरालाको नाम अनुमोदन भएको छ ।
सोमबार बस्ने बैठकले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक तर्फको उम्मेदवारीका लागि केन्द्रीय कमिटीको निर्णय अनुसार ५÷५ जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले समानुपातिक उम्मेदवार पाँच पाँच जना सिफारिस माग्ने निर्णय गरेपछि नेकपा एमालेबाट सुर्खेतमा पनि


No comments:
Post a Comment