भदौ १७ वीरेन्द्रनगर।
सुर्खेतको पश्चिम वावीयाचौरमा चाउमीन उत्पादन गर्दे आएका लघु उद्यमीहरुलाई चाउमिन मेसीन प्रदान गरिएको छ ।
जिल्ला लघु उद्यमी समुह संघ( डिमेगा) सुर्खेतले लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय कार्यलय सुर्खेतको सहयोगमा चाउमिन मेसिन प्रदान गरेको हो ।
संघले हाते मेसीन वाट चाउमीन उत्पादन गरि आम्दानी गर्दे आएका लघु उद्यमीहरुलाई व्यवसायिक चाउमिन उत्पादन वाट उद्योगीमा रुपान्तरणा लागी रु.५५हजार रुपैयाको. चाउमिन मेसिन प्रदान गरेको वताईएको छ ।
लघु उद्यमीहरुले चाउमिन उत्पादन गर्दे आएको र वजारमा उनीहरुले उत्पादन गरेको चाउमीनको माग वढ्दै गएकाले उनीहरुलाई मेसिन प्रदान गरिएको संघका जिल्ला कार्यक्रम संयोजक ओम प्रकाश थापाले वताए । मेसिन वाट उद्यमी प्रती घण्टा ३० देखी ४० किलो सम्म चाउमिन उत्पादन गर्न सक्ने सक्ने वताईएको छ ।
उनीहरुले उत्पादन गरेको चाउमिन पश्चिम सुर्खेतका वावीयाचौर ,पलैटे ,विद्यापुर ,गुटु लगायतका वजारमा खपत हुदै आएको र हाते मेसीनले वजारको भार उद्यमीले थेक्न नसकेपछि आधुनिक चाउमिन मेसीन प्रदन गरिएको संयोजक थापाले वताए । हस्तानतरण कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम सुर्खेतका उद्यम विकास अधिकृत रजनि थापा डिमेगा सुर्खेतका अध्यक्ष हरिकला राना डिमेगाका जिल्ला कार्यक्रम संयोजक ओम प्रकाश थापा लगायतको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment