सुर्खेत, ६ असोज ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. १ मा संविधानसभाको निर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरिएको छ । शनिवार र आइतवार सम्पन्न क्षेत्रीय समितिको बैठकले क्षेत्रीय सभापति खड्ग पोख्रेलको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
समितिमा समानुपातिकतर्फका उम्मेदवार लालबहादुर घले, मप बस व्यवसायी संघका अध्यक्ष विष्णुबहादुर खड्का, तरुण दलका अध्यक्ष बेदु गिरी लगायत रहेको प्रचार समिति गठन गरिएको कांग्रेस सुर्खेतका सदस्य रामबहादुर सिंहले बताए ।
समितिले संगठन सुदृढिकरणका लागि ९ दिने अभियान संचालन गर्ने र क्षेत्र नं. १ का १७ वटै गाविसमा सो अभियान संचालन हुने बताइएको छ । यसैगरी गोरखबहादुर खत्रीको संयोजकत्वमा आर्थिक संकलन समिति पनि गठन गरिएको छ ।
No comments:
Post a Comment