सुर्खेत, ६ असोज ।
नापतौमा प्रयोग गरिने सामग्रीहरुको गुणस्तर परीक्षण आइतबारदेखि वीरेन्द्रनगरमा सुरु गरिएको छ । गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय नेपालगंञ्जले सुर्खेत उद्योग बाणिज्य संघको कार्यालयमा अस्थायी कार्यालय स्थापनागरी परीक्षण गर्न सुरु गरेको हो ।
नापतौलमा प्रयोग गरिने सामग्रीहरु प्रत्येक बर्ष विभागबाट परीक्षण गराउनु पर्ने कानूनी व्यवस्था रहेको छ । उपभोक्ता नठगिऊन भन्ने उद्देश्यले नापतौलमा प्रयोग गरिने ढक तराजु, गज, मिटरको गुणस्तर परीक्षण गरिरहेको छ ।
टोली सहायक वीरेन्द्र खड्काका अनुसार नाप तौल परिक्षण टोलीले आइतबारदेखि नौ दिन (१५ गते) सम्म वीरेन्द्रनगरमा रही परीक्षण गर्ने छ । विभागले समय समयमा नापतौलमा प्रयोग गरिने सामग्रीहरुको अनुगमन गर्दै आइरहेको जानकारी दिँदै सहायक खड्काले समयमै आफ्नो सामग्रीको परीक्षण गराउन व्यावसायीलाई आग्रह गरे ।
विभागले करिब दुई साता अघि सुर्खेतमा वितरण गरिने गरेका ग्यास सिलिण्डरहरुको समेत नापतौल परिक्षण गरेको थियो
No comments:
Post a Comment