सुर्खेत, ६ असोज ।
तेस्रो मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको प्रचार–प्रसारलाई तिब्रता दिन प्रचार–प्रसार समितिलाई पूर्णता दिएको छ । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव मदनबहादुर खड्काको संयोजकत्वमा रहेको प्रचार–प्रसार उप–समितिमा अरु छ सदस्य थपगरी समितिलाई पूर्णता दिइएको हो ।
प्रचार प्रसार समितिको सदस्यहरुमा पत्रकारहरु गणेशकञ्चन भारती, गणेश कार्की, कृष्ण आचार्य, ललित बसेल र ललित गाहा छन् व्यवसायी भक्तबहादुर आर.सी पनि सदस्य रहेका छन् । साथै सुर्खेतमा रहेका सम्पूर्ण आमसञ्चार माध्यमहरुलाई सदस्यमा मनोनय गरिएको छ । मध्यपश्चिमका सम्पूर्ण जिल्लाका सञ्चारकर्मीहरुलाई प्रचार प्रसार समितिमा मनोनयन गरिने संयोजक मदनबहादुर खड्काले जानकारी दिए ।
सुर्खेत उद्योग बाणिज्य संघ मुख्य आयोजक रहेको महोत्सवमा उद्योग बाणिज्य महासंघ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत प्रमुख आयोजकको रुपमा रहेका छन् । मंसिर २१ देखि २७ गतेसम्म तेस्रो मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सवको आयोजना गरिएको छ ।
No comments:
Post a Comment