Monday, September 23, 2013

अध्यक्षको कार्यप्रति आपत्ति


सुर्खेत, ७ असोज ।
कम्यूटर एशोसियसन अफ (क्यान) सुर्खेतको कार्यसमिति बैठकले अध्यक्षको कार्यप्रति आपत्ति प्रकट गरेको छ ।  क्यानका उपाध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले कार्यसमितिमा कुनै जानकारी नगराई क्यान सुर्खेतका अध्यक्ष रामकिशोर रावलले संस्थाको लोगो र व्यानरको दुरुपयोग गरेको भन्दै आपत्ति प्रकट गरिएको छ ।

क्यानका अध्यक्ष तथा ऋतिक इन्फोटेकका प्रोपराईटर रामकिशोर रावलले मिति २०७० भदौं २९ गते थिङ्क क्लाईन्टको व्यापारीक प्रमोशनमा कम्प्युटर एशोसियसन अफ सुर्खेतको आधिकारीक लोगो तथा व्यानर प्रयोग गरेको आरोप लगाईएको छ । 
क्यानका अन्य पदाधिकारीहरुको सोमबार सम्पन्न बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै सुर्खेतका प्राविधिसँग सम्वन्धित पसलहरु, ट्रेनिङ्ग सेन्टरहरुको छाता संगठन कम्प्युटर एशोसियसन अफ सुर्खेत जस्तो गरिमामय संस्थाको व्यानर तथा लोगो व्यक्तिगत फाइदामा  प्रयोग गरिएको भनि आपत्ति जनाईएको छ । साथै अन्य पदाधिकारीहले क्यानका अध्यक्षले एकल रुपमा गरेका विभिन्न गतिविधिहरु संस्थाको आधिकारिकता नभएको समेत विज्ञप्ति मार्फत जनाईएको छ ।

No comments:

Post a Comment