Monday, September 23, 2013

फोरमले उम्मेदवार सिफारिस ग¥यो


सुर्खेत, ५ असोज ।
मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रीक) सुर्खेतले आशन्न संबिधानसभाको निर्वाचनको लागि सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीको शुक्रबार बसेको बैठकले उम्मेदवार छनौट गरी केन्द्रीय कमिटिलाई सिफारिस गरेको हो । 
प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं. १ मा लालमाया विक र मिनप्रसाद थकाली, क्षेत्र नं. २ मा रामबहादुर लामा र पदमबहादुर रोकाय र क्षेत्र नं. ३ मा दिपबहादुर नेपाली, कविराम पुन, नरबहादुर विसी, दिला विसी र लक्ष्मण नेपाली रहेका छन् । 
त्यस्तै समानुपातिक तर्फ क्षेत्र नं. १ मा बुद्धिकुमारी बुढाथोकी क्षेत्र नं. २ मा लक्ष्मीराज खत्री, बिष्णुऋषि पाण्डे, श्यामसुन्दर अग्रवाल, कृष्ण केसी र क्षेत्र नं. ३ मा घनश्याम न्यूरे, दीपक धमला, धनबहादुर विसी, लोकबहादुर विक र पम्फा बलामीलाई सिफारिस गरिएको पार्टी सचिव छविकुमारी न्यूरेले जानकारी दिएकी छन् । 

No comments:

Post a Comment