५ असोज ।
एमाले साटाखानी गाउँ कमिटीको आयोजनामा साटाखानी नं.ं ९ लामिडाँडामा बृहत आमसभा सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष नरबहादुर विर्कटाको अध्यक्षता तथा एमाले सचिवालय सदस्य ऋषि गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जिल्ला कमिटी सदस्य एवंम साटाखानीका इन्चार्ज टिकाराम सोमै, क्षेत्रीय कमिटीका अध्यक्ष पूर्णबहादुर थापा, गाउँ कमिटी अध्यक्ष विरसिंह नेपालीको सहितले नेकपा एमालेको नीति, कार्यक्रम र दोस्रो संविधान सभा निर्वाचनमा एमालेको एजेण्डाका बारेमा बोलेका थिए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १७ जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका थिए ।
No comments:
Post a Comment