Monday, September 23, 2013

शैक्षिक सुधारका लागि जिशिकाको महत्वकांक्षि योजना


गोविन्द खत्री
सुर्खेत, ४ असोज ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक गुणस्तर सुधारका लागि महत्वकांक्षी योजना ल्याएको छ । शैक्षिक गतिविधिमा सुधार गर्दै गुणस्तर र नतिजामा बृद्धि गर्ने योजना कार्यालयले अगाडी सारेको हो । प्रवेशिका (एस.एल.सी) र कक्षा ८ को जिल्ला स्तरिय परीक्षालाई प्रमुख प्राथमिकताका कार्यालयले आफ्नो योजना बनाएको छ । 

२०६९ को एस.एल.सी नतिजलाई २८ बाट बढाएर ३२ प्रतिशतमा पु¥याउने लक्ष्य रहेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताए । सुधारात्मक रुपमा चरणबद्ध तरिकाबाट मात्रै नतिजामा प्रगति हुन सक्ने बताउँदै जिल्ला शिक्षा अधिकारी उपाध्यायले नतिजा राम्रो सोही अनुसारको तयारी गरिएको जानकारी दिए । 
परीक्षालाई मात्रै नभई विद्यालयमा पुरा समय पढाई भए नभएको, पाठ्यपुस्तक पाए नपाएको, निरन्तर विद्यालयमा उपस्थितिजस्ता कुराहरुलाई महत्वपूर्ण रुपले हेरिएको उपाध्यायको भनाई छ । जिशिअ उपाध्यायका अनुसार एस.एल.सीलाई फलामे ढोकाको रुपमा गलत प्रचार र परीक्षादेखि डराउने परिपाटी पनि कम गर्न कार्यालयले विद्यालयलाई समय समयमा परीक्षाहरु सञ्चालन गर्न निर्देशन दिएको छ । 
“एस.एल.सीलाई फलामे ढोकाका रुपमा बुझ्नु हँुदैन यस्ता भ्रमम र सन्त्रासले पनि नतिजामा असर पारेको”, उनले भने  “त्यस्तो त्रासलाई कम गर्न सबै विद्यालयहरुलाई हप्तामा एक दिन टेष्ट परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छौँ ।” वाह्य वातावरणले समेत पठन पाठनमा समस्या ल्याउने उपाध्यायको ठहर छ । उनका अनुसार बर्षमा कम्तिमा दुई सय २० दिन अनिर्वाय विद्यालय सञ्चालन भएको हुनुपर्ने प्राब्धान शिक्षा नियमावलीमै भएपनि विभिन्न कारणले गर्दा सोही अनुसार विद्यालय सञ्चालन हुन सकेका छैनन् । 
यस अघिका दिनहरुमा बर्ष भरी मुस्किलले एक सय ६०–८० दिन मात्रै विद्यालय सञ्चालन हुने गरेको उनले जानकारी दिए । उनले शैक्षिक गुणस्तर खस्कनुमा विभिन्न किसीमका बन्द हड्ताल, चक्काजामले पनि प्रभाव पारेको बताए । 
प्राबिधिक र वातावरणीय रुपमा प्रभाव पार्ने कुराहरुलाई ध्यान दिँदै कार्यालयले सोही अनुसारका योजनाहरु बनाएको जिशिअ उपाध्यायले जनाए । वाह्य वातावरण र विद्यालयमा हुने दण्डलाई निरुत्साहित गर्न कार्यालयको सहजिकरणमा विद्यालय शान्ति क्षेत्र घोषणालाई अभियानकै रुपमा अगाडी बढाइएको छ । 
उनका अनुसार चालु आर्थिक बर्ष भित्रैमा सुर्खेतका ५० गाविस र नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गरिने छ । त्यसका लागि स्रोत व्यक्ति र शिक्षक सामाजिक कार्याकर्ताहरु मार्फत अभियानलाई तिब्रता दिइएको छ । 
अभियान अन्तर्गत वीरेन्द्रनगरका ८, ९, १०, ११ र १२ मा रहेका २४ विद्यालयहरुलाई शान्ति क्षेत्र घोषणा गरिसकिएको छ । आधारभुत तहमा अनिवार्य तथा निशुल्क शिक्षा प्रदायक गाविस घोषणा गरी विद्यालय सेवा क्षेत्र भित्रका विद्यालय उमेरका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुने बताइएको छ । 
अहिले  सुगम र दुर्गम त्यसैगरी संस्थागत र सामूदायिक विद्यालयबीच टाढिँदै गएको दुरी घटाउने लक्ष्य कार्यालयले अगाडी ल्याएको छ । सुबिधा र पहुँचका आधारमा विद्यार्थीहरुलाई सहयोग पु¥याउने उद्देश्यले कार्यालयले चालु आर्थिक बर्षमा एक सय १६ विद्यालयमा आईसीटी र पुस्तकालयको लागि सहयोग गर्ने जिशिअ उपाध्यायले जानकारी दिए । 
विद्युत सेवा पुगेका र सोलोरबाट समेत सञ्चालन हुने भएमा एक लाख ४० हजार ६० हजार कार्यालयबाट र विद्यालयले ६० हजार सहयोग गर्ने गरी पुस्तकालय र आईसीटिका सञ्चालन गरिने उनले बताए । कक्षा आठ को जिल्ला स्तरीय परीक्षाको सुधारलाई पनि कार्यालयको महत्व दिएको दिएको छ । जिशिअ उपाध्यायका अनुसार यस बर्षको कक्षा आठको परीक्षा स्रोत केन्द्र स्तरीय परीक्षा केन्द्रमा मार्फत गरिने छ । 
शैक्षिक गुणस्तर सुधारका लागि अनुगमनलाई पनि प्रभावकारी बनाईने उनले बताए । शुक्रबारको दिन १ बजे सम्म मात्रै पढाई हुने गरेकोमा कार्यालयले सबै विद्यालयलाई हप्ताका ६ बार नै १०–४ पढाउन निर्देशन दिएको जिशीअ उपाध्यायले बताए । शैक्षिक विकास भए मात्रै दक्ष जनशक्ति उत्पादन भई देश विकासमा सहयोग पुग्ने भएकाले शैक्षिक विकासका लागि सबैले प्रतिबद्ध भएर सहयोग गर्नु पर्ने जिशिअ उपाध्यायको भनाई छ । 

No comments:

Post a Comment