Monday, September 23, 2013

मैनतडामा बृहत साँस्कृतिक कार्यक्रम गरिने


सुर्खेत १ असोज ।
पुर्वी सुर्खेतको मैनतडा गाविसमा आउदो कार्तिक ८ ्र ९ गते बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । संस्थाको सुदृढिकरण र दिगो विकासका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्ले भेरी–बबई सरोकार समाज र मैनतडा गाविसको सँयुक्त सहकार्यमा मैनतडा बृहत साँस्कृतिक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
मङगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनका आयोजना गरी संस्थाका अध्यक्ष जयबहादुर सुनारले यस्तो बताएका हुन् । २०७० मा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा राष्ट्रि««य कलाकारहरुको समेत उपस्थिति गराईने पनि जनाइएको छ । 
पत्रकार सम्मेलनमा भनिएको छ, “कार्यक्रममा मुख्य त स्थानीय प्रतिभालाई प्रस्फटनमा जोड दिन्छौ ।” यो कार्यक्रम मैनतडा गाविसका मात्र नभएर सिंगो भेरी बेल्डको कला सँस्कृतिमा टेवा पु¥याउने अपेक्षा रहेको जनाइएको छ । साँस्कृतिक कार्यक्रममा करीब ७ लाख बराबरका खर्च हुने अध्यक्ष जयबहादुर सुनारले जनाए । 
आयोजित साँस्कृतिक कार्यक्रममा करिब १० हजार समुदायको सहभागिता हुने समेत पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रममा राष्ट्रिय प्रस्तुति, स्थानीय प्रतिभाको प्रर्दशन, स्थानीय रुपमा रहेका सोरठी, सिंगारु, लाखे, सारंगी, मयुँरनाच आक्रर्षक रुपमा रहेका छन् पत्रकार सम्मेलनमा भनिएको छ । 

No comments:

Post a Comment