Monday, September 23, 2013

उमावि गाग्रेतालको ४० औं बार्षिकोत्सव


सुर्खेत, १ असोज ।
नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय जर्वुटा–१ गाग्रेतालको ४० औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको
छ । बार्षिकोत्सवका बक्ताहरुलाई विद्यालयलाई नमूना बनाउन सुझाव दिएका थिए ।
शैक्षिक गुणस्तर बृद्धि गर्दै विद्यालयको भौतिक पूर्वाधारमा समेत विगतमा भन्दा सुधार गर्दै ल्याएको भन्दै विद्यालयको प्रसंशा सहित आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । सरकारी विद्यालयको शैक्षिक गुणस्तर घटनुमा शिक्षक, अभिभावक र विद्यार्थीको कम्जोरी हुने विचार राखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले विद्यालयले संधै शैक्षिक गुणस्तर कायम गर्ने कुरामा ध्यानदिनुपर्ने बताए । भयरहित शिक्षण गर्दै विद्यार्थीका लागि बालमैत्री वातावरण तयार गर्नुपर्ने बताए । 
विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै शिक्षकहरुलाई आफ्नो कर्तव्य प्रति जिम्मेवार भएर काम गर्न निर्देशन दिएका थिए । बार्षिकोत्सव कार्यक्रममा शिक्षक युनियन अध्यक्ष धनसिंह खडकाले नगरपालिकाबाट सुरु भएको विद्यालय शान्ति क्षेत्र अभियान जिल्लाभरीनै फैलाउनुपर्ने सुझाव दिए । शान्ति क्षेत्र घोषणा गरेर विद्यार्थीको पठन पाठन कार्यलाई निरन्तरता दिनुपर्ने उनले सुझाव दिए ।
बार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक नेत्रमणी चालिसेले विद्यालयको शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । २०६७ सालदेखि उच्च मावि संचालन भैरहेको विद्यालयले आर्थिक बर्ष २०६९÷०७० मा ५४ लाख ६२ हजार ४ सय ८३ रुपैयाँ बराबरको आयव्यय विवरण र आव २०७०÷०७१ का लागि ९६ लाख ४० हजार ८ सय ३१ रुपैयाँ बराबरको प्रस्तावित कार्यक्रम पेश गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त कोइरालाको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनीधि विभिन्न छिमेकी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्र.अ. सहितको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment