Monday, September 23, 2013

“सबैलाई स्वीकार्य संघीयता आवश्यक”


सुर्खेत, १ असोज ।
अखण्ड नेपाल पार्टीका केन्द्रीय महासचिव डा.नन्दबहादुर सिंहले सबैले स्वीकार गर्ने संघीयता मात्रै नेपालमा सुहाउदो र सर्बमन्य संघीयता हुने बताएका छन् । संगठन बिस्तारका क्रममा सुर्खेत आइपुगेका सिंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्

‘जाति, धर्म र भाषाका आधारमा नेपालीलाई लडाएर राष्ट्रियता धरापमा पार्न खोजिएको छ, उनले भने, सबैलाई मान्य हुने भौगोलिक संघीयता आवश्यक छ ।’ सिंहले आफुहरुले जातिय संघीयतालाई कुनै हालतमा पनि स्वीकार नगर्ने बताए । 
‘केही पार्टीहरुले जातिय संघीयताका आवाजहरु उठाईरहेका छन्, उनले भने, हामीले जातिय संघीयतालाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौ ।’ सबै जातजातिलाई स्वीकार हुने संघीयता आवश्यक रहेको बताए । 
आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको भन्दै यसपटक केही सिट जितेपनि आगामि पाँच बर्षको अन्तरालमा दुई तिहाइ बहुमत ल्याएर राज्यसत्ताको नेतृत्वका लागि अगाडि आउने उनको दाबी थियो । पार्टीका केन्द्रीय उपाध्यक्ष दयाराम पाण्डेले विकास क्षेत्रका आधारमा भौगोलिक संघियता हुनुपर्नेमा जोड दिए । 
उनले संघीय प्रदेशको नाम हिमाल, नदी ताल जस्ता साझा पहिचानको नामबाट नामाकरण गर्नुपर्नेमा जोड दिए । चुनावी प्रचार प्रसारसंगै आफुहरु देशैभर संगठन बिस्तार र सुदृढिकरणको अभियानमा जुटेको पाण्डेले जानकारी दिए ।

No comments:

Post a Comment