सुर्खेत ५ असोेज ।
अखण्ड नेपाल पार्टी सुर्खेतले जिल्ला कार्यसमिति शिवप्रसाद गौतमको अध्यक्षतामा पुनगठन गरिएको जनाइएको छ । नेपाली काँग्रेस पार्टी परित्याग गरी अखण्ड नेपाल पार्टी प्रवेश गरेका गौतमले सांगठानिक
जिम्मेवारी समेत पाएका छन् ।
शिवप्रसाद गौतमको अध्यक्षतामा उपाध्यक्ष बाहेक ३५ सदस्यीय नयाँ कार्यसमिति पुनगठन गरिएको हो । समितिको सचिवमा सनतकुमार शाही (पोखेबदला), कोषाध्यक्षमा सीता शाही, उपाध्यक्षहरु क्रमश. डिलबहादुर डि.सी, चन्द्रबहादुर गौतम, चित्रबहादुर शाही रहेका छन् । समितिको सहसचिवमा मीनप्रसाद पौड्यल चयन भएका छन् ।
तीन जना उपाध्यक्षहरु तीनवटा निर्वाचन क्षेत्रका संयोजक र नगर संयोजक चित्रबहादुर शाहीलाई तोकेको छ । कार्यक्रम जिल्ला पार्टी इन्चार्ज गणेशबहादुर शाहीको उपस्थितिमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment