सुर्खेत, १२ मंसिर ।
नेकपा एकाले भेरी अञ्चल सचिव रत्नप्रसाद शर्मा÷न्यौपानेले आफूले जाजरकोटमा एमालेलाई असयोग गरेको भन्ने झुठो र अप्रमाणित आरोप लगाएको बताएका छन् ।
नेकपा एकाले भेरी अञ्चल सचिव रत्नप्रसाद शर्मा÷न्यौपानेले आफूले जाजरकोटमा एमालेलाई असयोग गरेको भन्ने झुठो र अप्रमाणित आरोप लगाएको बताएका छन् ।
सचिव शर्माले बुधबार प्रेस विज्ञप्ति मार्फत गलत आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको जिकिर गरेका हुन् । ‘भर्खरै सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर बुढा प्राजित हुनुभएको छ, थोरै मतले प्राजय भोग्नुपर्दा मलाई निकै दुख्ख लागेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘दुःखको बेला संयमित हुनुको सट्टा उम्मेदवार स्वम् र केही गलत क्रियाकलापबाट प्रेरित कार्यकर्ताहरुले प्राजयको मौकालाई उपुक्त ठानी मलाई हुँदै नभएको कथित आरोप लगाएर आपमान गर्ने र राजनीतिक इमेज समाप्त गर्ने दुष्प्रयाय गरेका छन् ।’
भ्रामक प्रचार गरी कार्यकर्ता जनता र पार्टी पंक्तिमा अन्यौलता सृजना गरेको भन्दै शर्माले भ्रामक र अप्रमाणित कुराका पछि नलाग्न आम जनता कार्यकर्ता र सरोकारवालाहरुलाई आग्रह गरेका छन् । उनले आफूलाई लगाइएको आरोप प्रमाणित गराउन चुनौती समेत दिएका छन् । उम्मेदवार विसी समर्थित कार्यकर्ताहरुले शर्माले विसीलाई हराउनका लागि कांग्रेसबाट विजयी उम्मेदवारबाट पैसा लिएको आरोप लगाएका थिए । साथै जाजरकोट सदरमुकाममा विरोध प्रदर्शन समेत गरेका थिए ।
No comments:
Post a Comment