सुर्खेत, १२ मंसिर ।
जिल्ला सहकारी संघ सहकारी प्रवद्र्धन केन्द्रको आयोजना र जि.आई.जेड इन्क्लुडको आर्थिक सहयोगमा लेखा व्यवस्थापन तालिम सम्पन्न गरिएको छ । शनिबारदेखि शुरु भएको उक्त तालिम ५ दिनसम्म सञ्चालन भएर बुधबार सम्पन्न भएको छ ।

तालिममा सुर्खेत जिल्लाका पूर्व पश्चिमका बिभिन्न सहकारी संस्थाका २३ जनाको सहभागिता रहेको थियो । सहकारीमा आईपरेका आर्थिक क्रियाकलापहरुलाई पारदर्शी बनाउने र हिसाब किताब चुस्तदुरुस्त राख्ने उद्देश्यका साथ सहकारी लेखा ब्यवस्थापन तालिम सञ्चालन गरिएको आयोजकहरुले बताएका छन् ।
तालिममा उपस्थित भएका सहकारी संस्थाका सदस्यहरुबाट अत्यधिक मागअनुसार तालिम संचालन गरिएको हो । तालिमको सहजिकरण सहकारी प्रर्बद्धन केन्द्रका प्रशिक्षक रबिन्द्र शाह, कृष्ण प्रसाद पौडेल, ढाकाराम न्यौपाने र चित्रप्रसाद रेग्मीले गरेका थिए ।
५ दिनसम्म संचालन भएको सहकारी लेखा ब्यवस्थापन तालिम जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा समापन भएको कार्यक्रममा कृषि सहकारी संघका अध्यक्ष लक्ष्मीप्रसाद गौतम लगायतले आफ्नो भनाई राखेका थिए ।
No comments:
Post a Comment