Wednesday, November 27, 2013

महिला प्रतिनिधित्व गर्न जिल्ला स्तरबाटै दबाब

सुर्खेत, १२ मंसिर ।
२०७० मंसिर ४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सुर्खेतबाट प्रत्यक्षतर्फ कुनैपनि पार्टीका महिला उम्मेदवार विजयी नभएपछि विभिन्न राजनीतिक पार्टीहरुले ३३ प्रतिशत महिला सहभागिता गराउन जिल्ला स्तरबाटै दबाव आवश्यक रहेको बताएका छन् ।
सञ्चारिका समूह सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधानसभामा महिला सहभागिता र लैङ्गिक मुद्दा बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले महिला सहभागिताका लागि दबाव आवश्यक रहेको बताएका हुन् ।
साथै सहभागिताका लागि समानुपातिक तर्फबाट पूर्ति गर्ने समते प्रतिबद्धता गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रस्तावित उम्मेदवार लोकबहादुर विश्वकर्माले समानुपातिकको ३ सय ६५ संख्यामा ३३ प्रतिशत महिला पु¥याउनका लागि सबै राजनीतिक दलहरुले जिल्ला तहबाटै दबाब सजना गर्नुपर्नेमा जोड दिए ।स
ंविधानसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक तर्फका प्रस्तावित उम्मेद्वार खड्क बस्यालले महिलाहरुको ३३ प्रतिशत सहभागिता पु¥याउनका लागि कुनै पनि राजनीतिक दलहरु चुक्न नहुने बताए । नेपाली कांग्रेसका कोषाध्यक्ष गोविन्द कोइरालाले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला सहभागिता पु¥याउन नसकेपनि समानुपातिकमा महिला सहभागिताका लागि पार्टीले बिशेष जोड दिने प्रतिबद्धता जनाए ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार बस्नेतले समानुपातिक तर्फबाटै भएपनि सबै दलहरुले ३३ प्रतिशत सहभागिता पु¥याउन आवश्यक रहेको बताए । एकिकृत नेकपा माओवादीका कृष्ण जिसीले अधिकांश राजनीतिक दलहरुको दृष्टिकोण महिला मैत्री हुन नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट समानुपातिक उम्मेदवार कर्णकुमारी श्रेष्ठले महिलाको हकअधिकार स्थापित गर्नका लागि राप्रपा नेपाल सदैव सकरात्मक पार्टी रहेकाले महिला सहभागिता र महिलाका सवालहरुलाई सम्बोधन गर्न नचुक्ने बताईन् ।
कार्यक्रममा महिला विकास अधिकृत विश्वमणि जोशी, कार्यक्रममा केड सुर्खेतकी दुर्गा विक, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापा, उपाध्यक्ष गणेशकञ्चन भारती, पूर्व अध्यक्ष श्रीधर पौडेल लगायतले बोलेका थिए । अन्तरक्रियामा महिला मानव अधिकार रक्षक सञ्जाल सुर्खेती अध्यक्ष पवित्रा शाहीले संविधानसभामा महिला सहभागिता र लैङ्गिक मुद्दा बिषयक कार्यपत्र समेत प्रस्तुत गरेकी थिईन् । कार्यक्रम सञ्चारिका समूह सुर्खेत शाखाका
अध्यक्ष दिपा कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

No comments:

Post a Comment