विश्वविद्यालय सहित सुर्खेतमा १४ वटा क्याम्पस
सुर्खेत, १२ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बिबिएस कक्षा सञ्चालन गरेको एक वर्ष नपुग्दै विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न यहाँ एकै वर्ष चारवटा बिबिएस कलेज स्थापना भएका छन् ।
विश्वविद्यालयमा राजनीतिक विवाद कायम रहेको फाइदा उठाउँदै तीन वटा निजी स्तरबाट र एउटा सरकारी उच्च माध्यमिक विद्यालयले यसै शैक्षिक वर्षदेखि बिबिएस कक्षा सञ्चालन गर्न लागेका हुन ।
विश्वविद्यालय स्थापना भएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सुर्खेत क्याम्पस (शिक्षा) र वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेत समायोजन गर्ने भनिए पनि यहाँ त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी थप नयाँ क्याम्पस सञ्चालन भएका हुन ।
ज्ञानसिन्धु सुर्खेत, जिएस कलेज, सिद्धापाइला क्याम्पस, साहारा क्याम्पस र अमरदीप क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी भर्नाका लागि आह्वान गरेका छन् । ज्ञानसिन्ध र सिद्धापाइला क्याम्पसले वीरेन्द्रनगर–६ मा, साहारा क्याम्पसले वीरेन्द्रनगर–८ कालुङचोकमा र अमरदीपले वीरेन्द्रनगर–१२ मा कक्षा सुरु गर्ने तयारी गरेका छन् ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भएकाले यहाँ मध्यपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरु अध्ययन गर्न सुर्खेत आउने गरेका छन् । गत बर्ष सुर्खेतका तीन वटा क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धत प्राप्त गरेका थिए । निर्वाचन क्षेत्र नं. १ मा पर्ने राकमको सिम्ता क्याम्पस, साहारेको गुर्भाकोट क्याम्पस र रामघाटको हिमशिखर क्याम्पसले सम्बन्धन लिएका थिए । सुर्खेतमा मप विश्वविद्यालय सहित १४ वटा क्याम्पस भएका छन् ।
सुर्खेत क्याम्पस (शिक्षा), वीरेन्द्रनगर बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पस समायोजन गरी मप विश्वविद्यालय संचालन गर्ने मप विश्वविद्यालय ऐनमा उल्लेख भएपनि अहिले सम्म समायोजनको कार्य टुङ्गीएको छैन् ।
त्रिभुवन विश्वविद्यालयबाट तीन वटा बाहेक अन्य भेरी बहुमुखी क्याम्पस र पश्चिमको विद्यापुर बहुमुखी क्याम्पस पुरा क्याम्पस हुन भने सुर्खेत मोडेल कलेज नीजि क्षेत्रबाट संचालित क्याम्पस हो । यस पटक सुर्खेतमा थप चार वटा क्याम्पस थपिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयमा शुल्क पनि महँगो भएको र विद्यार्थीहरूले पनि आन्दोलन गरिरहेका बेला सजिलै विद्यार्थी पाउन सकिने भन्दै यस्ता क्याम्पसहरू सञ्चालन गरिएको हो । सिद्धापाइला क्याम्पसका सञ्चालक उपेन्द्र सुवेदीले भने आफूहरूले विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि कलेज स्थापना नगरेको दाबी गरे । उनले विश्वविद्यालयको पाठ्यक्रम र त्रिविको पाठ्यक्रम नै फरक हुने भन्दै नयाँ खोलिएका क्याम्पसहरूबीच नै प्रतिस्पर्धा हुने र प्रतिस्पर्धा गर्न सक्ने मात्रै रहने बताए ।
यता विश्वविद्यालयका उपकुलपति प्रा.डा.पदमलाल देवकोटाले पनि यो शैक्षिक शत्रमा स्थापना गरिएका यस्ता क्याम्पसहरूले विश्वविद्यालयलाई असर नपर्ने भन्दै एकै पटक यस्ता क्याम्पसहरू खोल्नुको भित्रि उद्देश्य विश्वविद्यालयलाई नै कमजोर बनाउनु रहेको दाबी गरे । ‘भित्रि उद्देश्य त विश्वविद्यालयलाई कमजोर बनाउने नै हो’– उनले भने–‘यस्ता क्याम्पसहरू आफैँ सकिन्छन, विश्वविद्यालय त सुर्खेती जनताको हो ।’ क्याम्पसहरू स्थापना हुनुपहिले त्रिविको एक टोली सुर्खेत आएर सम्भाव्यता अध्ययन गरेको थियो । तर एकैपटक सबै क्याम्पसलाई सम्बन्धन दिनु भने रहस्यमय रहेको विश्वविद्यालयका पदाधिकारीहरू बताउँछन् ।

No comments:
Post a Comment