मध्यपश्चिमाञ्चल विकास क्षेत्रभरका रेडियोहरुमध्ये जागरण एफएम सुर्खेतले संस्थागत शिक्षा पत्रकारिता पुरस्कार जितेको छ । नेपाल पत्रकार महासङघ शिक्षा विभागको सहयोगमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘२०६९ सालको संस्थागत शिक्षा पत्रकारिता’ पुरस्कार जागरण एफएमले पाएको हो ।
पाँच विकास क्षेत्र र राजधानीलाई एउटा क्षेत्र मानेर ६ क्षेत्रका एफएम रेडियोलाई पुरस्कार प्रदान गरिएको थियो । जसमा मध्यपश्चिमाञ्चलबाट जागरण एफएम सुर्खेत, सुदूरपश्चिमबाट शुक्लाफाँटा एफएम कञ्चनपुर, पूर्वाञ्चलबाट कञ्चनजङघा एफएम झापा, मध्यमाञ्चल नारायणा एफएम पर्सा, राजधानीबाट उज्यालो नाइन्टि नेटवर्क ललितपुर र पश्चिमाञ्चलबाट रेडियो मदन पोखरा पाल्पाले पुरस्कार पाएका छन् । २० हजार रुपैयाँ राशिको यो पुरस्कार जागरण एफएमले पाएपछि नेपाल पत्रकार महासङघका मध्यपश्चिम क्षेत्रीय संयोजक सूर्यमणी गौतमले बधाई ज्ञापन गरेका छन् । यसैगरि राष्ट्रिय शिक्षा पत्रकारिता’ पुरस्कार संयुक्त रुपमा राष्ट्रिय समाचार समिति काठमाडौँका प्रकाश सिलवाल र रुपन्देहीका महेन्द्र थापालाई प्रदान गरिने भएको छ । सिलवाल शिक्षा पत्रकार समूहका अध्यक्ष हुनुहुन्छ भने थापा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । पुरस्कार प्रदान गर्न महासङघ र विभागले गठन गरेको पुरस्कार छनोट तथा मूल्याङकन समितिले गरेको सिफारिस बमोजिम दिइने पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ ।
No comments:
Post a Comment