आज दिउँसोदेखि मत गणना गरिने
सुर्खेत, ४ मंसिर ।
सुर्खेतमा अहिलेसम्मकै वढी मतदान भएको छ । प्रमुख राजनीति दल एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र अन्य दलका उम्मेदवारहरुले आ–आफ्नै स्थानीय बसोबास भएका गाउँ विकास समितिमा पुगेका थिए ।
सुर्खेतमा अहिलेसम्मकै वढी मतदान भएको छ । प्रमुख राजनीति दल एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र अन्य दलका उम्मेदवारहरुले आ–आफ्नै स्थानीय बसोबास भएका गाउँ विकास समितिमा पुगेका थिए ।
निर्वाचन क्षेत्र नं. १ का नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले मेहलकुना–४ बाट, नेकपा एमालेका उम्मेदवार कमला शर्माले घोरेटाबाट र एनेकपा माओवादीका उम्मेदवार ठम्मर विष्टले घुमखहरेबाट मतदान गरेका थिए ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ बाट निवर्तमान सभासद एवंम एमालेका उम्मेदवार यमलाल कँडेलले वीरेन्द्रनगर–४, नेपाली काँग्रेसका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर–२, एनेकपा माओवादीका उम्मेदवार भिमबहादुर मल्लले लाटीकोइली–९ को बुथ केन्द्रबाट मतदान गरेका थिए ।
निर्वाचन क्षेत्र नं. ३ मा निवर्तमान सभासद एवंम एनेकपा माओवादीका उम्मेदवार नरबहादुर विष्टले घाटगाउँ, एमालेका उम्मेदवार नवराज रावतले बावियाचौर र नेपाली काँग्रेसका उम्मेदवार तप्तबहादुर विष्टले तातापानीबाट आफ्नो मतदान गरेका थिए ।
विहान ७ बजेदेखि साँझ ५ बजे सम्म सम्पन्न गरिएको मतदानमा जिल्लामा उल्लासका साथ सहभागिता भएको छ । पुरुषको तुलनामा महिला मतदाताहरुको सहभागिता उल्लेख्य रुपमा रहेको निर्वाचनमा खटिएका कर्मचारीहरुले बताए ।
सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदानमा ८० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए । सुर्खेतका कुनै मतदान केन्द्रमा ९५ प्रतिशतसम्म मत खसेको पनि उनले जानकारी दिए । सुर्खेतमा अघिल्लो संविधानसभा चुनावमा ६५ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख तिलकप्रसाद रिजालले जानकारी दिए ।
मतदानको समय शान्तिपूर्ण रुपमा सकिएपछि क्षेत्र नंं. १ को इलाका प्रहरी कार्यालय बादेपिपल राकम, क्षेत्र नं. २ को जिल्ला प्रहरी कार्यालय सुर्खेत र क्षेत्र नं. ३ को इलाका प्रहरी कार्यालय बाबियाचौरमा ल्याउने तयारी भएको छ । क्षेत्र नं. १ र ३ का मतपेटिका बुधबार बिहान सदरमुकाम वीरेन्द्रनगर ल्याइने र मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा ४७ हजार ९३७, क्षेत्र नं. २ मा ५८ हजार ९०० र क्षेत्र नं. ३ मा ४७ हजार ९७३ जना मतदाता रहेका थिए । जिल्लामा १ सय ३ मतदान स्थल, २ सय १७ मतदान केन्द्र, ६ वटा अस्थायी मतदान स्थल र ७ वटा अस्थायी मतदाता केन्द्र रहेका थिए ।
निर्वाचनमा ४ सय ४८ वटा मतपेटिका, २५ सय ८९ जना कर्मचारी ४६ सय ४३ जना सुरक्षाकर्मी खटिएका थिए भने ४७ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् ।
सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रका मतपेटीकाहरु सदरमुकाम वीरेन्द्रनगर ल्याईदैछ । केही दुर्गम स्थानका मतपेटिकाहरु बुधबार विहान १० बजेभित्र सदरमुकाम ल्याई पु¥याईने जनाईउको छ । मतपेटिका सदरमुकाम ल्याउँन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छुट्टा छुट्टै टोली परिचालन गरिएको छ । निर्वाचन क्षेत्र नं. १ को मत गणना मध्यपश्चिम क्षेत्रीय सिचाई डिभिजन कार्यालयको तालिम हलमा, निर्वाचन क्षेत्र नं. २ को मत गणना मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा र क्षेत्र नं. ३ को मत गणना शैक्षिक तालिम केन्द्रमा हुने जनाईएको छ । मत पेटिकाहरु सदरमुकाम ल्याई पु¥याएपछि बुधबार दिउँसोदेखि मत गणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अघिल्लो संविधान सभामा सुर्खेतको क्षेत्र नं. १ र २ बाट एमाले तथा क्षेत्र नं. ३ बाट एकीकृत माओवादीले चुनाव जितेको थियो । १ बाट एमालेको उम्मेदवार कमला शर्माले काँग्रेस उम्मेदवार लालबहादुर घलेलाई ६ हजार ४ सय ४९ मतअन्तरले पराजित गरेका थिए ।
शर्माको १८ हजार ८ सय ४ मत आएको थियो भने घलेको १२ हजार ३ सय ३५ मत आएको थियो । यस्तै अर्का प्रतिपष्र्धी एमाओवादी उम्मेदवार खड्कबहादुर घर्तिको पक्षमा १० हजार ८ सय ७८ मत खसेको थियो । त्यसैगरी क्षेत्र नं. २ बाट विजयी भएका एमाले उम्मेदवार यामलाल कँडेलले अघिल्लो चुनावमा १७ हजार २ सय ९७ मत ल्याएका थिए ।
भने उनका मुख्य प्रतिष्पर्धी काँग्रेस उम्मेदवार हृदयराम थानीको १४ हजार ६ सय ९३ र एमाओवादीका सीता नेपालीको १४ हजार ४ सय ४१ मत आएको थियो ।
त्यस्तै क्षेत्र नं. ३ बाट सभासद् बनेका एकीकृत माओवादीका नरबहादुर विष्टले अघिल्लो चुनावमा १७ हजार ७ सय २९ मत आएको थियो भने उनका मुख्य प्रतिष्पर्धी एमालेका उम्मेदवार नवराज रावतको पक्षमा १० हजार ८ सय ९६ र काँग्रेस उम्मेदवार शिवराज जोशीको ६ हजार ५ सय ४ मत आएको थियो ।
No comments:
Post a Comment