Wednesday, November 27, 2013

४३ जनाको धरौटी जफत

धरौटीबाट १ लाख २९ हजार संकलन

सुर्खेत,९ मंसिर ।
संविधानसभा सदस्य निर्वाचन–२०७० मा सुर्खेत जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५२ उम्मेदवारहरु मध्ये ४३ जना उम्मेदवारहरुको जमानत (धरौटी) जफत भएको छ । निर्वाचनमा उम्मेदवारी दिएका मध्ये ४३ जनाले धरौटी जोगाउन प्राप्त गर्नुपर्ने मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो ।

धरौटी जफत भएपछि प्रति उम्मेदवार ३ हजारका दरले १ लाख २९ हजार राजस्व संकलन भएको छ । क्षेत्र नं. १ बाट १५ जना, क्षेत्र नं.२ बाट १८ र  क्षेत्र नं. ३ बाट १९ जना उम्मेदवार चुनावमा थिए । क्षेत्र नं. १ बाट नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादी बाहेकका १२ उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । 
क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका धनप्रसाद देवकोटा, मधेशी जनअधिकार फोरम नेपालका धनबिर कामी, राप्रापा नेपालका ओमबहादुर जिसी, संघीय समाजवादी पार्टीका गगनबहादुर सारु, राप्रपाका तीलकराज वली, नेमकिपाका अमृता पाण्डेको धरौटी जफत भएको छ ।
राष्ट्रिय जनमुक्तिका देबबहादुर गाहा, दलित जनजाति पार्टीका चन्द्रबहादुर बिक, अखण्ड नेपालका डिलबहादुर डांगी, नेपाल परिवार दलका पदम गिरी र खस समावेशी राष्ट्रिय पार्टीका डिलकुमारी खड्काले पनि धरौटी बचाउन सकेनन् ।
त्यस्तै क्षेत्र नं.  २ मा नेपाली कांग्रेसका हृदयराम थानी, नेकपा एमाले यामलाल कंडेल, एमाओवादीका भिमबहादुर मल्ल ‘सुवास’ र स्वतन्त्र उम्मेदवार शिवप्रसाद उपाध्यायले मात्रै धरौटी जोगाएका छन् । राप्रपा नेपालका मुकुन्दश्याम गिरी, राष्ट्रिय जनमोर्चाका कृष्णाकुमारी रावल, नेमकिपाका बमबहदुर शाही, नेकपा माले समाजवादीका इन्द्रबहादुर खड्का, नेकपा मालेका कर्णबहादुर नेपाली, दलित जनजाती पार्टीका नैनसरा बैगार, अखण्ड नेपालका प्रेमप्रकाश खड्का मधेशी जनअधिकार फोरम नेपालका रामबहादुर लामा, नेपाल परिवार दलका सन्तबहादुर रेग्मी, समाजवादी जनता पार्टीका भगवानप्रसाद जैशी र राप्रपाका टोपबहादुर वलीको धरौटी जफत भएको हो ।
क्षेत्र नं. ३ मा भने १९ उम्मेदवार मध्ये नेपाली कांग्रेसका तप्तबहादुर बिष्ट, नेकपा एमालेका नवराज रावत र एमाओवादीका नरबहादुर बिष्टको मात्रै धरौटी जोगिएका छन् ।  धरौटी जफत हुनेहरुमा राप्रपा नेपालका बसन्तकुमार थापा, राष्ट्रिय जनमोर्चाका लालबहादुर नेपाली, नेमकिपाका धनबहादुर बि.क., नेकपा माले समाजवादीका देबराम ढकाल, नेकपा मालेका लक्ष्मीप्रसाद कंडेल, संघीय समाजवादी पार्टीका धनबहादुर ठाडा, मधेशी जनअधिकार फोरम नेपालका दीलबहादुर नेपाली, नेपाल परिवार दलका  योगेन्द्रबहादुर कार्की, समाजवादी जनता पार्टीका कुमारसिं कुरेल बस्याल, राप्रपा कबिराम पुरी, राष्ट्रिय जनमुक्ति पार्टीका कर्णध्वज तारामी र स्वतन्त्र उम्मेदवार दिपेन्द्रसिंह विसी रहेका छन् ।
निर्वाचन ऐन अनुसार प्रत्यक्ष तर्फका उम्मेदवारले धरौटी जोगाउन आफ्नो क्षेत्रमा खसेको कुल सदरमतको कम्तिमा पनि दश प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।

No comments:

Post a Comment