सुर्खेत, ११ मङ्सिर ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत उत्कृष्ट सेवा प्रवाह गरे वापत सम्मानित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्खेत सहित उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेका पाँच जिल्लालाई मंगलबार सम्मान गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेत उत्कृष्ट सेवा प्रवाह गरे वापत सम्मानित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्खेत सहित उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरेका पाँच जिल्लालाई मंगलबार सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सुर्खेतका जनस्वाथ्य प्रमुख टङ्क चापागाईं, रुपन्देहीकारमेश अधिकारी, कास्की सागर दाहाल, ललितपुर बालकृष्ण भुसाल र सिराहा जिल्लाका जनस्वास्थ्य प्रमुख दयाशङ्करलाल कर्ण रहेका छन् । सम्मानित चापागाईले आफ्नो कामको उचित मूल्याङ्कन गरी सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै राम्रो कामको मूल्याङकन हुने विश्वास व्यक्त गरे । ‘जुनसुकै कामको पनि सही मूल्याङकन हुन आवश्यक हुन्छ’ जनस्वास्थ्य प्रमुख चापागाईले भने,‘सम्मानले सेवालाई प्रभावकारी बनाउन थप हौसला मिलेको छ ।’ उनले आगामी दिनमा सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउँदै लैजाने बताए । मन्त्रालयले मंगलबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विद्याधर मल्लिकले जनस्वास्थ्य प्रमुखहरूलाई सम्मान गर्दै स्वास्थ्य सेवालाई राजनीतिक प्रभावबाट माथि उठाउन मन्त्रालयले आगामी दिनमा विशेष काम गर्न आवश्यक भएको बताए । संविधानसभाको निर्वाचनका क्रममा आइपर्ने स्वास्थ्य चुनौतीलाई सामना गर्न मन्त्रालयले देखाएको तत्परता ज्यादै सराहनीय रहेको चर्चा गर्दै स्वास्थ्यमन्त्री चौधरीले भने, ‘अब आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रदान गर्नु नै हाम्रो दायित्व र धर्म हो भने भावनाले काम गर्नुहोस् ।’ मन्त्री मल्लिकले शिक्षित वर्गले काम गर्ने क्षेत्र चिकित्सा क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउन मन्त्रालयलाई निर्देशन दिए । मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरीय बनाउन नयाँ स्वास्थ्य नीति लागू गर्न लागिएको जानकारी गराए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साहले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गरिराखेको प्राथमिक स्वास्थ्यलाई थप बलियो बनाउन विभागले ध्यान दिएको बताए ।
No comments:
Post a Comment