Wednesday, November 27, 2013

सिलाई कटाई तालिम सम्पन्न

सुर्खेत, १० मंसिर ।
दलित तथा विपन्न समुदायका लागि सञ्चालित ३ महिने सिलाई कटाई तालिम मंगलवार सम्पन्न भएको छ । कारीतास नेपालको आर्थिक सहयोगमा कोडेड नेपाल सुर्खेतले सञ्चालन गरेको तालिममा ७ जना महिलाको सहभागीता रहेको थियो ।

गरिव तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरु लाई सिपमुलक तालिम प्रदान गरी उनीहरुको आय–आर्जन वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको कोडेड नेपाल सुर्खेतका कार्यक्रम संयोजक पे्रम विकले जानकारी दिए । आफुहरुले सिलाई कटाई लाई व्यवसायिक रुपमा सञ्चालन गर्ने सहभागीहरुले बताए । उनीहरुले तालिमका साथ साथै प्राविधि तथा स्तर उन्नतिका तालिमको समेत आयोजना गर्न आयोजक संस्थालाई आग्रह गरेका थिए ।

No comments:

Post a Comment