Wednesday, November 27, 2013

समयमै सडक निर्माणमानहुँदा दशैमा पैदल

सुर्खेत, २४ असोज ।
निर्धारित समयमा रातानाङ्ला धरमपोखरा सडक निर्माण सम्पन्न नहुँदा यात्रुहरुलाई सास्ती खेप्नुपरेको छ ।

ग्रामीण पहुँच सुधार तथा बिकेन्द्रीकरण परियोजना अन्तर्गत सञ्चालित सुर्खेतको रातानाङ्ला देखि धरमपोखरा जोड्ने सडक मर्मत सुधार आयोजना निधारित समयमा सम्पन्न नभएपछि यात्रुहरु दशैमा प्रदल हिडेर घर जान बाध्य भएका हुन् । सुर्खेत र दैलेखका करिब १० गाविसका हुदै सर्बसाधरण लावान्वित हुने सो सडकमा यात्रुबहाक वस सञ्चालन हुन सकेका छैनन् । विगतका बर्षहरुमा दशैको समयमा बस सञ्चालन हुने गरेको भएपनि यस बर्ष नियमित बर्षाका कारण बिग्रएको बाटो अझै सम्म मर्मत नगरिएका कारण यात्रुबहाक वस सञ्चालन हुन नसकेको हो । सञ्चालित योजना अनुसार गत कार्तिक महिनामा सम्पन्न हुनु पर्ने भएपनि हालसम्म ४० प्रतिशत मात्रै काम भएको जिल्ला प्राबिधिक कार्यालय सुर्खेतका सीनीयर डिभिजनल इन्जिनियर रेवतीरमण पराजुलीले बताए । इन्जिनियर पराजुलीका अनुसार उक्त सडक अन्तर्गत राताानाङ्लादेखि निगालपानीसम्म (१० किलो मिटर ६५ मिटर) सडकमा लोहनी एण्ड ब्रोदर कम्पनीले गत कार्तिक महिना सम्ममा काम सम्पन्न गर्नेगरी २०६८ असारमा सम्झौता गरेको थियो । पहिलो सम्झौता मिति सकिएको ११ महिना वितिसक्दा समेत  आधा प्रतिशत पनि काम सम्पन्न भएको छैन् । आयोजनका लागि बिनियोजित २ करोड ६२ लाख ९२ हजार मध्ये कम्पनीले घटेर १ करोड ७३ लाख १४ हजारमा सम्झौता गरेको थियो । सोही परियोजना अन्र्तगत निगालपानी देखि धरमपोखरा सम्म १२ किलो मिटर १ सय ३५ मिटर नाला निर्माण कार्य काम सम्पन्न गर्ने सम्झौता मिति पनि पुन थपिएको छ । सो आयोजनाका लागि इलाइट सुर्य कन्ट्रक्सन जोयन्ट भेन्चर कम्पनीले २०६९ असारमा २०७० असार सम्ममा काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ३ करोड ७६ लाख ८८ हजार मध्ये २ करोड २७ लाख ३७ हजारमा सम्झौता गरेको छ । समयमा सडक निर्माण नभएपछि दशैमा गाडी चढेर घर फर्कने आशा राखेका स्थानीयवासी भने पैदल यात्रा गर्नुपरेपछि सरोकारवाला निकायसंग आक्रोशित बनेका छन् ।  रातानाङ्ला धरमपोखरा सडकसंगै एउटै मितिमा सम्झौता गरिएको ग्रामीण पहुँच सुधार अन्र्तगत नै बड्डीचौर  बिउरेनी सडक निर्माण कार्य समेत हालसम्म सम्पन्न भएको छैन् । साथै विउरेनी माझिगन अन्र्तगत साढे ८ किलोमिटोर र खम्बागाडे बिउरेनी अन्र्तगत ९ किलोमिटर ७२ मिटर सडकमा ग्राभेल कार्य समेत पूर्ण रुपमा सम्पन्न नभएको इन्जिनियर पराजुलीले बताए । सो सडक खण्डमा नियमित मर्मतका कारण यात्रुबहाक बसहरु सञ्चालनमा आएपनि व्यवस्थीत हुन नसकेको यात्रुहरुको गुनासो छ । विकास निर्माणका काममा निमार्ण कम्पनीहरुले सम्झौता मितिमा निर्माण नगरी ढिला सुस्ती गर्दा समयमै जनताले सास्ती खेप्नुपरेको छ । निर्धारित समयमा काम सम्पन्न नहुँदा यस बर्ष पनि यात्रुहरुले हिलाम्मे सडकमा यात्रा गर्नुका साथै पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पश्चिम सडकमा निर्माण तथा मर्मत भैरहेको र रातानाङला धरमपोखरा सडक खण्डमा समेत दशैपछि लगतै निर्माण गरिने इन्जिनियर पराजुलीले बताए । आउँदो पुस महिना भित्रमा निर्माण कार्य सम्पन्न भैसक्नु पर्ने भएकाले ठेकेदार कम्पनीहरुलाई समेत समयमा सम्पन्न गर्न निर्देशन दिइएको पराजुलीले बताए ।

No comments:

Post a Comment