सुर्खेत, १२ कार्तिक ।
नेकपा–माओवादी सहितका ३३ दलिय मोर्चा मंसिरमा ४ मा हुन लागेको संविधानसभा सदस्य निर्वाचनको बहिष्कारमा उभिएपछि जनताले सुरक्षित र ढुक्कसंग मतदान गर्ने वातावरण खोजिरहेका छन् । घर नजिकैको मतदान केन्द्रमा मतदान गर्ने इच्छा मतदातामा रहेको छ ।
नेकपा–माओवादी सहितका ३३ दलिय मोर्चा मंसिरमा ४ मा हुन लागेको संविधानसभा सदस्य निर्वाचनको बहिष्कारमा उभिएपछि जनताले सुरक्षित र ढुक्कसंग मतदान गर्ने वातावरण खोजिरहेका छन् । घर नजिकैको मतदान केन्द्रमा मतदान गर्ने इच्छा मतदातामा रहेको छ ।
सुर्खेत जिल्लामा २ सय १७ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार क्षेत्र नं. १ मा ६७, क्षेत्र नं. २ मा ८४ र क्षेत्र नं. ३ मा ६६ गरी जिल्लामा २ सय १७ मतदान केन्द्र रहेका छन् । अधिकांश विद्यालय, स्वाथ्यचौकी र गाविस भवनमा मतदान स्थल बनाइएको छ । एउटै मतदान स्थलमा पनि एक भन्दा बढी केन्द्र भएकाले स्थल केन्द्र भन्दा कम छन् । क्षेत्र नं. १ मा २९, क्षेत्र नं. २ मा ३८ र तीन मा ३६ मतदान स्थल रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान स्थल र केन्द्र निर्धाणमा मतदाता संख्यालाई मुख्य आधारका रुपमा लिइएको छ । क्षेत्र नं. को प्रावि आग्रीगाउँ केन्द्रमा आग्रीगाउँ ७ सय ५७ र नेरानिमावि झ्यामा केन्द्रमा ७ सय १० जना मतदाताले मतदान गर्ने छन् ।
काप्रिचौर गाविसमा जनकल्याण माविमा १२ सय २० र जनसेवा निमावि बैसपानी केन्द्रमा २ सय ८७ मतदाता रहेका छन् । १६ सय १० मतदाता रहेको खानीखोलामा भने सबै मतदाताले गाविस भवनमा मतदान गर्ने जनाइएको छ । गुमीमा गाविस भवन शिवनगरमा ३ हजार ६१ र निमावि पण्डित काल्नामा ४ सय ३२ मतदाता रहेका छन् ।
गाविस भवनमा अनुगमन गर्दा साँघुरो स्थान भएकाले केन्द्र पुर्नविचारका लागि पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए । घुमखहरेको सूर्यज्योति निमाविमा ४ सय ५१ र भेरी उमावि डाँडागाउँमा १९ सय ३० मतदाताले मतदान गर्नेछन् ।
घोरेटाको सुर्यज्योति उमावि सुन्तलामा ६ सय ७६, भगवती मावि खनेटामा ६ सय ३१, छिन्चुको बाल कल्याण प्रावि लेखहात्तीखालमा ८ सय ८२, निमावि तोलीखोलामा १ हजार ८ सय ८४ र शारदा उमावि छिन्चुमा ३ हजार ७ सय ३७ मतदाताले मतदान गर्ने जनाइएको छ ।
डाँडाखाली गाविसका १ हजार ४ सय २२ जनाले गाविस भवनमा र १ हजार ६ सय ७४ मतदाता रहेको दहचौरमा पनि निमावि ज्यामिरेचौरमा मतदान गर्नेछन् । धारापानीमा प्रावि जुरीचुलामा ५ सय १९ र भगवती प्राविमा ९ सय ५१ जना त्यस्तै बजेडीचौरको माव बजेडाआलीमा ८ सय ९९ र भानु उमावि पिल्कमा १ हजार ७१ मतदाता रहेका छन् । मालारानीमा जन ज्ञान भण्डार उमावि कोटखोलामा २ हजार ८ सय ९१ जना, सुर्यज्योती उमाविव मेहलकुनामा २ हजार ७ सय ८४ र उमावि वडाखोलीमा १ हजार ९ सय १५ मतदाताले मतदान गर्नेछन् ।
मैनतडामा उमावि झिँ्गनीमा २ हजार १ सय ४९, मावि लोदेमा ३ हजार १ सय ९० र राकममा बागेधरी उमाविमा सबै आर्थात १ हजार ६ सय ७६ले मतदान गर्नेछन् । रामघाटमा ३ हजार ६ सय ६२ जना मतदाता रहेकोमा सबैले शिखर उमाविमा मतदान गर्ने जनाइएको छ । सहारेमा जनसेवा निमाविमा ३ हजार ८१ र सरस्वती मावि सिमघाटमा १ हजार ७ सय ८४ जना मतदाता रहेका छन् ।
क्षेत्र नं. २ अन्र्तगत वीरेन्द्रनगर १ को सरस्वती प्रावि बाङ्गेसीमलमा १६ सय १३, दीपमाला प्रावि आँपडालीमा १६ सय ८५, हेल्थपोष्ट भवन कालागाउँमा १२ सय ६३ र भैरव उमाविमा १९ सय ३ मतदाताले मतदान संख्या रहेका छन् । नेरानिमाविव चिसापानीमा २४ सय ९, जन उमावि वीरेन्द्रनगरमा २३ सय ७९, उमावि इत्राममा १९ सय ३६, पद्यलिला प्रावि इत्राममा ७ सय ७९, बालमन्दिर प्रावि आवास क्षेत्रमा ६ सय १६, सिद्ध बहिरा बाल विद्यालय खजुरामा १५ सय ४४ र हस्तविर सामुदायिक प्रावि चनौटेमा २५ सय ९१, अमरज्योती नमुना उमावि नेवारेमा १ हजार ५७ मतदाता रहेका छन् ।
जर्बुटामा सामुदायिक उमावि करेखोलामा ३६ सय ९८ र निमावि नलखोलामा ४ सय ६५ रहेका छन् । रतुमा ८ सय ११ मतदाता रहेकोमा सबैले मावि पारेगाउँमा मतदान हुने छ । साटाखानीमा मावि चुनियापानीमा ८ सय ७५, खाँडदेवि उमावि चौरासेमा ४७ सय ३१, गर्पनमा सुर्य निमाविमा ११ सय ६८, पाम्कामा सरस्वती माविमा ११ सय ११, कल्याणमा पशुपती प्रावि पाखापानीमा ५ सय ९८ र सरस्वती उमाविमा २३ सय २४ मतदाता छन् । दशरथपुरमा निमावि गमखोलामा ७ सय ३ र जिवनज्योती उमाविमा १९ सय ५७ रहेका छन् ।
लेखफर्सामा सरस्वती निमावि फुलबारीमा ५ सय २०, आदर्श उमावि महेन्द्रगन्जमा २४ सय ४५, मावि नेटामा १३ सय ८२, हिमालय प्राविमा ३ सय ९२, अवल्चिङ् भैरव उमाविमा १२ सय ३७, स्वाथ्यचौकी मटेलामा २७ सय १६ अर्थात सबैले मतदान गर्ने छन् । रानीवसामा जनता उमावि पुङ १ हजार ४५, प्रावि माथिल्लो रहकुलमा ५ सय ६६, रजेनामा कालिका निमाविमा ८ सय ५२, गोकर्ण निमाविमा ५ सय ४८, काफलकोटमा प्रावि नाहागाउँमा ३ सय ५४, उमावि काफलकोटमा १२ सय ८०, लाटीकोइलीमा जनसेवा उमावि घुस्रामा २६ सय, कोपिला मावि प्रसेनीमा २३ सय २ र शिव उमाविमा ३४ सय ४५ मतदाता रहेका छन् ।
क्षेत्र नं. ३ मा लगाममा उमावि लगाम १ हजार ८२, प्रावि धामीसैन ५ सय ९८, बेतानको उमावि वेतानमा १ हजार १२, मावि शोभाचौर ३ सय ९४, बिजौराको मालिका प्रावि धाच्के ८ सय १६ र जगन्नाथ उमाविमा १४ सय ८१ मतदाता छन् । गुठुमा पिपल चौतारा प्राविमा २ सय ३२, उमावि झकमकेमा ३१ सय ७८, छाप्रेको मावि लेखकोट च्युरीमा ८ सय ७२, निमावि धनबोटमा ५ सय ९९, विद्यापुरको जनता उमाविमा २३ सय ४१, घाटगाउँको उमावि घाटगाउँमा १६ सय ५६ र मावि कुमालमा ४ सय ६१ मतदाता रहेका छन् ।
उमावि बाबियाचौरमा ३७ सय २५, मावि हाँसेगाउँ सालकोटमा ९ सय २०, उमावि पलैँटेमा २६ सय ९४, मावि पोखरीकाँडामा ३ सय ३५, निमावि लामिकानेमा ८ सय १, मावि लामाखालीमा ७ सय ८१, गाविस भवन तातापानीमा २५ सय ३३, गाविस भवन तरंगामा १६९२, निमावि सुकुरमालामा २६९ संख्या रहेको छ । कुनाथरीमा मावि चेपाङ्ग ८ सय ८९, उमावि बड्डीचौरमा २५ सय ४८, बालभैरब नमावि थारी लेखगाउँमा ३ सय २५, उमावि फिनिकाँडामा १९ सय २०, निमावि श्रीचौर हरिहरपुरमा १२ सय ९३, उमावि पाग्म मा ७ सय ६०, मावि मेहपानी गढीमा १५ सय ५, मावि कोहलडाँडामा १७ सय ५६, गाविस भवन सुनपुरमा ३१ सय ७८, आनन्द उमावि कृष्णगन्जमा १५ सय १६ रहेका छन् ।
लेखपराजुलको निमावि भ¥याङमा १ हजार ३०, मावि डुङ्गीखोलामा ९ सय ५४ र मावि कालपानीमा ९ सय ७७ गरी क्षेत्र नं. ३ मा जम्मा ४७ हजार ९ सय ७३ मतदाता रहेका छन् ।
मतदान केन्द्र र मतहाल्न जाने बाटोमा समेत सुरक्षा व्यवस्था गरिएकाले ढुक्क संग मतदान गर्नका लागि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले आग्रह गरेका छन् । नगरपालिका बाहेका सबै केन्द्रहरुमा संवेदनशील क्षेत्रका रुपमा राखी सोही सोही अनुसारको सुरक्षा व्यवस्था गरिएको उनले बताए ।
No comments:
Post a Comment