Saturday, December 28, 2013

उज्ज्वललको दशौँ साधारण सभा

सुर्खेत, १३ पुस । 
उज्ज्वल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर ६ सुर्खेतले आगामी बर्षको आफ्नो कार्यक्रममा घरेलु उद्योगलाई प्रोत्साहन तथा जगेर्ना जोड दिएको छ । 
संस्थाको शनिवार वीरेन्द्रनगरमा अयोजना गरिएको दशौँ बार्षिक साधारणसभामा संस्थाले आगामी बर्षको कार्यक्रम सार्बजनिक गर्दै घरेलु उद्योगलाई प्रोत्सहान गर्ने जनाएकोे हो । आगामी बर्षको कार्ययोजनाहरु सुनाउँदै संस्थाका सचिव कलाधर उपाध्यायले संस्थाले गत आव मा घरेलु उदोगलाई प्रोत्साहन तथा जगेर्ना गर्नका लागि पाँच लाख कर्जा विनियोजन गरिएकोमा यस बर्ष पनि निरन्तरता दिने जानकारी दिए । संस्थाले आगामी कार्यक्रमहरुमा घरेलु तथा कृषि सहुलियत कर्जाको लागि महिला शेयर सदस्यहरुलाई समूहगतमा ५० हजार सम्म तीन समूहलाई १२ प्रतिशत व्याजदरमा सामूहिक रुपमा ऋण लगानी गर्ने जनाइएको छ । विनपा २ रेडियो नेपाल स्थित संस्थाको अदुवा तथा मसलावाली प्रशोधन तथा बजारीकरण उप–आयोजनाको उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने, शेयर सदस्यहरु तथा एकाघर परिवार मध्ये तीन जनालाई शिपमुलक कार्य वा व्यवसाय गर्नका लागि सहुलियत व्याजदरमा लगानी गर्ने जस्ता कार्यक्रमहरु संस्थाले अवलम्बन गरेको छ ।
हाल संस्थाको ६९ हजार ८१ लाख १ सय ८६ शेयर पुँजी छ भने कुल आय व्यय कारोवार २ करोड, ५६ लाख ६० हजार ८ सय ९६ रहेकोमा ५२ लाख २७ हजार बचत रहेको संस्थाका कोषाध्यक्ष मेगनाथ पाण्डे जानकारी दिए ।
साधारणसभाको उद्घाटन पछि बोल्दै राष्ट्रिय सहकारी बैंङका सञ्चालक हरिहरनाथ योगीले सहकारीले आर्थिकका साथै सामाजिक सेवामा समेत ध्यान दिनुपर्ने बताए । देशमा राजनीतिक परिवर्तनले मात्रै जनताको विकास नहुने भन्दै राजनीतिक परिवर्तनलाई दिगोपन दिन सर्बसाधारणको आर्थिक विकास प्रमुख आवश्यकता रहेको उनको भनाई छ । ‘राजनीतिक रुपान्तरणलाई संस्थागत गर्न आर्थिक विकास चाहिन्छ,’ उनले भने ‘त्रिखम्बिए आर्थिक नीति अबलम्बन नगरे आर्थिक विकास असंभव छ ।’ राज्यबाट निर्माण गरिनुपर्ने नीति काम अझै नगरेको बताउँदै उनले सहकारीमा चर्काे कर लगाउनुले सहकारीहरु धरासायी बन्ने जिकिर गरे । सहकारी समाजिक सेवासंग पनि जोडिएकाले कसरी नाफा कमाउने मात्रै भन्दा पनि समाजिक सेवा विशेष ध्यान दिनुपर्ने योगीको भनाई छ । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतकुमार विसीले सहकारीका रुपमा मात्रै नभई देशकै नमूना संस्थाका रुपमा विकास गर्न सुझाव दिए । उज्ज्वलले आफ्नो सहकारीलाई मात्र नभई जिल्लाकै सहकारीको नेतृत्व र मार्ग निर्देशन गर्न सहयोग गर्नुपर्ने बताउँदै उनले उत्कृष्ट व्यवसायिक योजनाहरु वनाई सहरीकारीलाई अगाडी बढाउनुपर्ने बताए । जिल्लाका विभिन्न सहकारीहरुले समन्वय गरी कृषि पशुपालन तथा उत्पादन मूलक र औधोगिक क्षेत्रमा लगानी गर्नु पर्ने उनको सुझाव थियो । पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्यमणी गौतमले उत्पादनमुलक क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा रोजगारीको अवस्था सृजना गर्नुपर्ने बताए । संस्थका अध्यक्ष विष्णुबहादुर शाहीले अव सहकारीले अरुको उत्पादनलाई बिक्रि गरेर मात्रै नहुने भन्दै आफै उत्पादनशिल कार्यमा लाग्नु पर्ने बताउँदै आगामी दिनमा व्यवसायमा विशेष जोड दिने बताए । संस्थाले शेयर सदस्यहरुका सन्तान मध्ये एस एलसी परीक्षामा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्य मेघनाथ पाण्डेका छोरा हिमाल पाण्डे र विनोद कुँवरकी छोरी कामनालाई नगद एक हजार एक सय ११ सहित पुरस्कृत गरेका थिए । उत्कृष्ठ कर्मचारीमा बजार प्रतिनिधि काशीप्रसाद खनाललाई पुरस्कृत गरिएको छ । त्यस्तै जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएका सम्मरबहादुर मल्ललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद खरेल, उज्ज्वल विकास प्रालीका अध्यक्ष जगत खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

No comments:

Post a Comment