सुर्खेत, १३ पुस ।
यस युगआह्वान दैनिकका सम्पादक युवराज शर्मा स्थानीय स्तरको पत्रकारिताको पबद्र्धनमा सहयोग पु¥याए वापत सम्मानित भएका छन् ।
शर्मालाई उज्ज्वल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगरले आफ्नो दशौँ बार्षिक सधारणसभाको अवसरमा शनिवार सम्मान गरेको हो । स्थानीय स्तरका सुचना समाचार सम्प्रेषण मार्फत सुर्खेतमा सहकारी विकासमा सहयोग पु¥याए वापत सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । हरेक बर्ष स्थानीय स्तरमा कार्यरत एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत शर्मालाई सम्मान गरिएको संस्थाका अध्यक्ष विष्णुबहादुर शाहीले बताए । सम्मानपत्र वितरण पछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम क्षेत्रीय संयोजक सुर्यमणि गौतमले आगामी दिनमा स्थानीय स्तरका समाचारहरुलाई महत्वकासाथ सम्प्रेषणगरी सहकारी स्थानीयवासीको विकासमा सहयोग गर्न शुभकामना दिए ।
No comments:
Post a Comment