Saturday, December 28, 2013

सञ्चारकर्मी घाइते

सुर्खेत, १३ पुस । 
न्यूनतम पारीश्रमीक निर्धारण समितिको आयोजनामा आज हुने अन्तरक्रिया कार्यक्रममा भाग लिन सुर्खेत आउदै गरेका दैलेखका दुई सञ्चारकर्मी घाइते भएका छन् । भे २ प ९५२५ नम्बरको मोटरसाइकल कटकुवा नजिकैको ओरालोमा दुर्घटना हुँदा पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष पुष्कर थापा र उपाध्यक्ष चक्रबहादुर केसी घाइते भएका हुन् । 

दुर्घटनामा परी उपाध्यक्ष केसीको दाइने खुट्टामा चोट लागेको छ । दैलेख स्थित धुब्रतारा एफएमको स्टेशन म्यानेजर समेत रहेका केसीको देउती नर्सिङ होममा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको छ । अध्यक्ष थापा भने सामान्य घाइते भएका छन् । 

No comments:

Post a Comment