सुर्खेत, १३ पुस ।
तातापानी गाविसलाई आगामी पुस २७ गते खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । शनिबार बसेको गाविस स्तरिय सरसफाई समन्वय समितिको बैठकले खुल्ला दिसामुक्त घोषणाको मिति तय गरेको हो ।
घोषणाका लागि आवश्यक तयारी र सरसफाई अभियानलाई तिब्रताका साथ अगाडी बढाईएको गाविस सचिव तिलकराम अधिकारीले जानकारी दिएका छन् । यसैबीच शनिबार नै जिल्ला स्तरिय सरसफाई समन्वय समितिको एक टोलीले गाविसका विभिन्न वडाहरुमा सरसफाईका अवस्थाका बारेमा पहिलो चरणको अनुगमन गरेको छ । जिल्ला विकास समितिका इन्जिनियर ओमदत्त रेग्मी क्षेत्रीय सुपरीबेक्षण कार्यालयका गोपाल प्रसाद उपाध्याय र कमला खान, खानेपाननी उपभोक्ता महासंघका जिल्ला सचिव मानबहादुर खत्री, सुन्दर नेपालका कार्यबहाक अध्यक्ष शिव जैसी, जिल्ला शिक्षा कार्यालयका सुन्दर थापा, सरसफाई पत्रकार समूहका जिल्ला सचिव मानबहादुर वली सहितको टोलीले गाविसको वडा न. १ देखि ९ सम्म अनुगन गरेको हो । साथै टोलीले गाविस स्तरिय सरसफाई समन्वय समितिलाई आवश्यक सल्लाह सुझाव समेत दिएर फर्किएको छ । तातापानी गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि नेपा नेपालगञ्ज र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले सहयोग र समन्वय गरिरहेको छ ।
No comments:
Post a Comment