सुर्खेत, १३ पुस ।
राजनीतिक विवादका कारण शिव उच्च माध्यमिक विद्यालय लाटिकोइलीमा विगत एक वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति शनिबार गठन गरिएको छ । सबै राजनीतिक दलहरुबीच सहमति जुट्ट नसक्दा विगत एक वर्षदेखि विद्यालय विव्यस बिहीन बनेको थियो । विव्यस गठनमा राजनीतिक सहमति जुट्न नसक्दा निष्पक्ष व्यक्तिहरुलाई राखेर विव्यस गठन गरिएको हो ।
अभिभावक भेलाले कल्पना पोखरेल (खत्री) को अध्यक्षतामा चार सदस्यीय विव्यस गठन गरिएको हो । समितिको महिला सदस्यमा स्यानी श्रेष्ठ अन्य सदस्यहरुमा राजबहादुर बुढा र बुद्धिराम चौधरी चयन भएका छन् । भेलाले शनिबार नै गणेश केसीको अध्यक्षतामा सात सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
संघको सदस्यहरुमा सैरु निशा खातुन, लालबहादुर थापा, केशरसिं दमाई, मानकुमार खत्री, कृष्णलाल चौधरी र बुद्धिराम थारु रहेका छन् । अभिभावक भेलामा समाजसेवी एवम स्रोत व्यक्ति बेलप्रसाद शाक्यले विद्यालय जस्तो पवित्र स्थलमा राजनीति गर्न नहुनेमा जोड दिए । एक वर्षे लामो राजनीतिक विवादकै कारण विद्यालयमा विव्यस गठन हुन नसकेको भन्दै उनले विद्यालयलाई राजनीतिबाट मुक्त गराउनुपर्ने बताए । एक वर्ष सम्म विव्यस गठन हुन नसक्दा विद्यालय सञ्चालन गर्न निकै कठिनाई भयो, उनले भने, विद्यालय सञ्चालनको प्रमुख मेरुदण्ड विव्यस गठन हुँदा राजनीतिक रंग कुनै पनि विद्यालयले दिनु हुँदैन् ।
साथै अर्का समाजसेवी गगनदेव गिरीले विद्यालयले एक वर्ष पछि विव्यस पाएकोमा खुशि व्यक्त गर्दै गठन गर्न सहज वातावरण निर्माण गरिदिएकोमा सबैलाई आभार प्रकट गरे । भेलामा जिल्ला शिक्षा कार्यालयका प्रतिनीधि एवम स्रोत व्यक्ति टिकाराम पन्तले ऐन नियम र परीधिभित्र रहेर विव्यस गठन हुनुपर्ने सुझाव दिएका थिए ।
समाजसेवी गगनदेव गिरीको सभापतित्व एवम बेलप्रसाद शाक्यको प्रमुख आथित्यतामा सम्पन्न भेलामा निर्वतमान अध्यक्ष क्रृषि गिरी, समाजसेवीहरु डम्बरबिक्रम जिसी, बिद्याभुषण मानन्धर, नारायण कोइराला, गणेशबहादुर वली, रुद्रदेव शास्त्री, प्रेममान श्रेष्ठ, सागरसंगम बोहोरा यसैगरी शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र केसी, जिल्ला शिक्षा कार्यालयका प्रतिनीधि एवम स्रोत व्यक्ति टिकाराम पन्त लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रचार्य लिलाधर सुबदीले सञ्चालन गरेको भेलामा शिक्षक एकदेव गिरीले स्वागत मन्तव्य र सहायक प्रचार्य चन्द्रलाल सापकोटाले भेलाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
No comments:
Post a Comment