Saturday, December 28, 2013

हातेमालोको तेस्रो साधारणसभा

सुर्खेत, १३ पुस । 
हातेमालो कृषि तथा पशु सहकारी उत्तरगंगा ८ को तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । 

साधारणसभाले गत बर्ष सञ्चालन गरेका कार्यक्रमहरुको समिक्षा गर्दै आगामी बर्षको लागि थप कार्यक्रम तय गरेको छ । साधारणसभाबाट सहकारीले आगामी बर्षका लागि १२ लाख ८० हजारको बराबरको नयाँ कार्यक्रम घोषणा गरेको छ । तेस्रो बर्ष प्रवेशसंगै सहकारीले कृषि, पशुपालन र बजारीकरणमा नयाँ योगदान गर्ने योजना सार्बजनिक गरेको छ । कार्यक्रमको उत्तरगंगा ९ का समाजसेवी लालबहादुर शाहीले उद्घाटन गरेका थिए ।  संस्थाका अध्यक्ष ताराकेशर गौतमले बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष मणिराम कार्कीले स्वागत गरेका थिए । संस्थाका सचिव अमर वलीले कार्यक्रम सञ्चालन गरेका थिए । साधारणसभाबाटै सहकारीमा आबद्ध मध्ये उत्कृष्ठ समूहका रुपमा कामधेनु कृषि उत्पादन समूहलाई पुरस्कृत गरिएको थियो । 

No comments:

Post a Comment