सुर्खेत, २० मंसिर ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रका २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिहिबार सम्मान गरिएको छ । उत्कृष्ट काम गरेवापत मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले उनीहरुलाई वीरेन्द्रनगरमा एक कार्यक्रमग री प्रशंसा–पत्र र नगद एक हजार रुपैयाँले सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सुर्खेतका लक्ष्मी रजाली, दुर्पता खड्का, पवित्रा तारामीमगर र बेलमती लामिछाने, बाँकेका राधा डाँगी, सोनादेवी बर्मा, बर्दियाका जुगमति चौधरी, गोटी सुनार, मथुरा रेग्मी, दाङ्गका दुर्गाकुमारी चन्द, मिठु चौधरी, राधा केसी, हुम्लाकी पविता बोहोरा, कालिकोटकी मानपुरा शाही, दैलेखकी रमा गुरुङ्ग, उर्मिला खत्री, जाजरकोटकी हरिकला जैसी, प्यूठानकी रेणुका रावल, सल्यानकी लक्ष्मी शर्मा, रुकुमकी चिजमाया पुन र रोल्पाकी कमलादेवी भण्डारी रहेका छन् ।
सम्मान कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफ्नो सेवाको राष्ट्रले कदर गरिदिएको प्रति खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै सम्मानित स्वयंसेविका मध्येकी एक पाम्का–७ सुर्खेतका लक्ष्मी रजालीले आफूहरुले गरेको सेवाकै कारण सम्मान मिलेको प्रतिक्रिया दिइन् ।
राज्यले स्वयमसेविकाहरुको योगदान कदर गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका निमित्त प्रमुख खेमराज उपाध्यायले स्थानीयस्तरमा स्वास्थ्य सेवा र महिला तथा शिशुहरुको हेरचाहमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको उल्लेखनिय भूमिका रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईले स्वयवसेविकाहरुको निस्वार्थ समाज सेवाबाट सबैले पाठ सिक्न आवश्यक रहेको बताए ।
No comments:
Post a Comment