Thursday, December 5, 2013

घाटगाउँ र तातापानी न्यूनतम शर्त मापनमा उतीर्ण

सुर्खेत, २० मंसिर । 
न्यूनतम सर्त मापनमा सुर्खेतको घाटगाउँ र तातापानी गाउँ विकास समिति उतीर्ण भएका छन् । बुधबार र बिहीबार गरिएको आर्थिक बर्ष २०६९÷०७० को न्यूनतम सर्त मापनमा सो गाविसहरु उतीर्ण भएका हुन् । 

विज्ञ मूल्याङकनकर्ता हरि अधिकारीको उपस्थितिमा घाटगाउँका गाविस सचिव नारायणदेव गिरी र तातापानी गाविस सचिव तिलकराम अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लक्षित वर्गका समुदायको सहभागितामा मूल्याङ्कन गरिएको थियो । नेपाल सरकारले तोकेको न्यूनतम सर्त मापनका लागि गाविसबाट सञ्चालन गरिएका कार्यक्रमहरु, समाजिक सुरक्षाभत्ता, समयमा गाउँ परिषद भए÷नभएको कार्यालयले राखेका रेकर्डहरुलाई आधारका रुपमा लिइन्छ ।

No comments:

Post a Comment