सुर्खेत, ६ पुष ।
सुर्खेतमा स्थापना हुन लागेको यातायात व्यवस्था कार्यालयको इकाइ कार्यालयलाई पूर्ण रुपमा सहयोग गर्ने सुर्खेतका व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । मध्यपश्चिमाञ्चल यातायात व्यवशायी संघ सुर्खेतका अध्यक्ष विष्णुबहादुर खड्काको अध्यक्षतामा शनिवार बसेको जिल्लाका ८ वटा यातायात व्यवसायी संघका पदाधिकारीहरुको बैठकले निर्णयको स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
खड्काले दिएको जानकारी अनुसार शनिवार विहान सुर्खेतमा यातायात व्यवस्था कार्यालयको इकाई कार्यालय स्थापना गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसेको र उक्त बैठकले हाललाई यातायात कार्यालयको लागि जिल्ला शिक्षा अधिकारीको आवास प्रयोग गर्न दिने निर्णय भएको बताए ।
उनले भने यथासिघ्र कार्यालय स्थापना गर्न भवन मर्मत सुधार, फर्निचर, कम्प्यूटर तथा आवश्यक अन्य सामाग्रीहरु खरिद गर्न ८ वटा यातायात व्यवसायी संघले सक्दो सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।
अध्यक्ष खड्काका अनुसार मप यातायात व्यवसायी संघले १ लाख ५० हजार, मप ट्रक तथा ट्याक्टर व्यवशायी संघले १ लाख, भेक ट्रक तथा ट्याक्टर व्यवशायी संघ र बौद्ध यातायात व्यवसायी संघले ५०÷५० हजार र काँक्रेविहार तथा मप जिपले ३०÷३० हजार नगद उपलब्ध गराउने भएका छन् ।
त्यसैगरी सुर्खेत यातायातले १५ हजार र उपत्यका सानाठूला यातायात व्यवशायी संघले १० हजार गरी ४ लाख ३५ हजार रकम जम्मा गरिएको छ । यसरी जम्मा रकमबाट कार्यालयका लागि आवश्यक सामाग्रि जुटाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेशकुमार थानी र नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघ भेरी अञ्चल संयोजक श्याम कंडेललाई जिम्मा दिइएको अध्यक्ष खड्काले जानकारी दिए ।
No comments:
Post a Comment