Sunday, December 8, 2013

अस्थाई शिक्षक संघर्ष समिति गठन

सुर्खेत, २२ मंसिर । 
सुर्खेत जिल्लामा कार्यरत अस्थाई शिक्षकहरुको शनिबार वीरेन्द्रनगरमा भएको भेलाले अस्थाई शिक्षक संघर्ष समिति गठन गरेको छ । 
गोपाल विसीको अध्यक्षतामा गठन गरिएको संघर्ष समितिको उपाध्यक्षमा मणिराम लामिछाने, महिला उपाध्यक्षमा चन्द भण्डारी सचिवमा प्रेमराज जोशी र कोषाध्यक्षमा कृष्णप्रसाद चपाई रहेका छन् । मोहन खत्री, खीमबहादुर बिक, सुन्दरप्रकाश दर्लामी, चन्द्रबहादुर राना, डील्लीराम कंडेल,  रामकली सुनार, विमला केसी र डीलबहादुर विसी सदस्यमा चयन भएका छन् । भेलामा अस्थाइ शिक्षक संघर्ष समिति २०६९ का केन्द्रीय उपाध्यक्ष खिमप्रसाद न्यौपाने प्रमुख अतिथी थिए भने शिक्षक मणिराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सबैभन्दा पछाडी अर्थात २०६३ बैशाख १० गते भन्दा नियुक्ती गरिएका शिक्षकहरु भेलामा सहभागी भएका थिए । 

No comments:

Post a Comment