Saturday, February 15, 2014

उपशाखा लाइटीकोइलीको साधारणसभा

सुर्खेत, ३ फागुन ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लाटीकोइलीको दश औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।  साधारणसभाको उद्घाटनपछि बोल्दै नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका उपसभापति रामलाल आचार्यले रेडक्रस मानवीय सेवामा समर्पित परोपकारी संस्था भएकाले निस्वार्थ रुपमा लाग्न आजीवन सदस्यहरुलाई अनुरोध गरे ।

कार्यक्रममा उपशाखाका सचिव तोरण बिकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हेमप्रसाद बास्कोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । ४२ जना आजिवन सदस्य सहभागी रहेको साधारणसभामा कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment