सुर्खेत, १३ फागुन ।
सुर्खेतमा हालसम्मकै सबै भन्दा बढी लगानीको को सुविधा सम्पन्न होटन निर्माण सुरु गरिएको छ ।
१५ करोडको लगानीमा ‘होटल शुभ कामना प्राली’ को निर्माण सुरु गरिएको हो । उत्तरगंगा–८ (चाइनापुल नजिक) अहिले होटलको लागि भवन निर्माण कार्य सुरु गरिएको छ । आगामी एक बर्ष भित्रमा निर्माणका काम सकेर होटल सञ्चालनमा ल्याइने सञ्चालक समितिका सदस्य पदमबहादुर शाहीले जानकारी दिए । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका शाहीले भूकम्प प्रतिरोधात्मक ५१ कोठा गेष्ट रुम, स्वीमिङपुल, हेल्थ क्लबका साथै लिफ्ट सिस्टम सहित सुविधा सम्पन्न पाँच तले भवन निर्माण गर्न लागिएको बताए । निजी क्षेत्रको लगानी बढाउन र मध्यपश्चिमको समग्र पर्यटन विकासमा सहयोग पुग्ने उद्देश्यले होटल सञ्चालन गर्न लागेको शाहीको भनाई छ ।
तीन जनाको सामूहिक लगानीमा प्राली सञ्चालनमा ल्याईने छ । व्यावसायी टेकबहादुर भण्डारीले प्रालिको नेतृत्व गरेका छन् । आफूहरुले सञ्चालन गर्न लागेको होटेल मध्यपश्चिममै उत्कृष्टि सुविधा सम्पन्न हुने भण्डारीको दाबि छ । भण्डारीका अनुसार स्वदेशी तथा विदेशी पर्यटक तथा क्षेत्रीय सदरमुकाम समेत भएकाले ठूला ठूला सेमीनारहरुलाई लक्षित गरी होटलमा लगानी गरिएको हो । सुर्खेत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले विकासका लागि सरकारको मात्रै मुख ताक्नु भन्दा पनि निजी क्षेत्रैबाटै पनि लगानी गर्न सकिने बताए । सञ्चालक सदस्य सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष प्रकाश उप्रेतीले कर्णाली प्रवेशद्धारका रुपमा रहेको सुर्खेतमा सुविधासम्पन्न होटल सञ्चालन हुनुले समग्र मध्यपश्चिमकै पर्यटकीय विकासमा सहयोग पुग्ने जिकिर गरे ।
साथै सोही टिमले नयाँ व्यवस्थापनका साथ रेष्टुरेण्ट सञ्चालन गरेको छ । पुरानो रारा बैङ्कुट एण्ड फुडल्याण्डको ठाउँमा नयाँ व्यवस्थापनका साथ ‘ड्रिम हेभन’ रेष्टरेण्ट सञ्चालन गरिएको हो । रेष्टुरेण्टले केही समयका लागि ग्राहकलाई दश प्रतिशत छुटको पनि व्यवस्था गरेको सञ्चालक पदमबहादुर शाहीले जानकारी दिए । मेनुमा भएका खानाका परिकारहरु अडर गरेकै समयमा तयार हुने र यदी ग्राहकलाई खानामा चित्त नबुझेमा पैसा नै नलिने शाहीले बताए । हाल रेष्टुरेण्टमा सेमीनारहल सहितका सुविधा रहेका छन् ।
No comments:
Post a Comment