Saturday, February 15, 2014

क्यान्सर रोग परिक्षण निःशुल्क शिविर हुँदै

सुर्खेत ३ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा दुई दिने निःशुल्क क्यान्सर रोग परिक्षण शिविर सञ्चालन गरिने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा सुर्खेतले यही फागुन ६ र ७ गते शिविर सञ्चालन गर्न लागेको हो ।
शाखाले शनिबार पत्रकार सम्मेलन मार्फत यस बारेमा मध्यपश्चिम क्षेत्रमा पहिलो पटक निःशुल्क रुपमा क्यान्सर रोगीहरुका लागि परिक्षण शिविरको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

शाखा अध्यक्ष कर्णबहादुर थापाका अनुसार  शिविर क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र (पुरानो अस्पताल) सुर्खेतमा सञ्चालन गरिने छ । शिविरमा स्वास्थ्य परिक्षणका लागि काठमाण्डौँबाट १७ जना डाक्टरहरु आउने उनले बताए । शिविरमा प्रत्येक्ष रुपमा क्यान्सर रोगको परिक्षण गराईने कार्यक्रम रहेको जनाइएको  छ ।
यतिवेला सुर्खेत लगायत देशभर क्यान्सर रोगीहरुको सङ्ख्या बढ्दै गएको र धेरै मानिसको क्यान्सरबाट मृत्यु समेत भइसकेको भन्दै मध्यपश्चिममा विभिन्न कारणले खुलेर बाहिर आउन नसकेका क्यान्सर रोगी पत्ता लगाउने शिविरको मुख्य उद्देश्यले रहेको आयोजकले जनाएको छ ।
शिविरमा पाठेघर खस्ने महिलाहरुका लागि निःशुल्क रिङ राख्ने सेवा पनि रहेको आयोजकले जनाएको छ । नेपालमा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुने क्यान्सर भएकोले महिलाहरुलाई शिविरमा विशेष सहभागिता गराइने छ ।
कलिलै उमेरमा विवाह भएका महिला, कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिलाहरुको पाठेघरमा क्यान्सरले प्रत्येक्ष रुपमा असर पारेको पाइएको छ । त्यस्तै बढी पुरुषहरुसंग यौन सम्पर्क भएका महिलाहरु, बढी सन्तान जन्माएका महिलाहरु, खानापिनमा ध्यान नदिने तथा बराबर संक्रमण भइरहने महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको खतरा बढी भएको पाइएको नेपाल अर्बुद रोग निवारण संस्था सुर्खेतले जानकारी दिएको छ ।
क्यान्सर रोग लागिसकेपछि यौनीमा फोहोर पानी देखिनु, यौन सम्पर्कपछि रगत देखिनु, महिनावारीको बीच बीचमा रगत देखिनु, तल्लो पेट दुख्नु र दिशापिसावमा अप्ठ्यारो हुने जस्ता लक्षणहरु देखापर्दछन । महिलाको पाठेघरमा क्यान्सर हुन नदिन विवाहित महिलाहरुले वर्षको एक पटक नियमित जाँच गराउनु पर्छ ।
शिविरमा पाठेघर सम्बन्धी चेक जाँच गर्नका लागि दुई सय पचास रुपियाँ शुल्क लाग्ने र अन्यका लागि नाम लेख्नका लागी १० रुपियाँमा मात्र लगिने कार्यालयले जनाएको छ । क्यान्सर सरुवा रोग होइन । प्रत्येक व्यक्तिले आफ्नो  दैनिक क्रियाकलापमा शारीरिक व्यायाम गरे, खानपानमा ध्यान राखे, पथपरहेज गरे र थोरै मात्रै पनि आफ्नो स्वास्थ्यप्रति चेतनशील भइदिए क्यान्सरजस्तो रोगबाट अवश्य मुक्ति पाउन सकिन्छ ।
साधारण उपचारबाट निको नहुने घाउ खटिराहरु । नदुख्ने गिर्खाहरु देखिनु । गिर्खाहरु बढ्दै जानु, । गिर्खाहरु विशेषतः महिलाहरुको स्तनमा देखापर्दछ । शरीरका विभिन्न भागबाट रक्तश्राव, पिपश्राव हुनु । बराबर अपच र निल्नलाई अफ्ट्यारो हुनु । कव्जियत हुनु र पिसाब फेर्नमा कठिनाइ हुनु । वजन घट्दै जानु । कोठीको आकार परिवर्तन हुनु जस्ता लक्षण देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।
क्यान्सरबाट बच्न सागपात, फलफूल, दुध, दही खाने । तारेको पालेको वा बासी खानेकुरा नखाने । दैनिक व्यायाम गर्ने । सूर्तिजन्य वस्तु, रक्सी, जाँडको सेवन नगर्ने । स्वच्छ वातावरणमा बस्ने र आफ्नो स्वास्थ्यप्रति चेनशील भई समय–समयमा स्वास्थ्य परीक्षण गराउने स्वास्थ्यकर्मीको सल्लाह रहेको छ ।

No comments:

Post a Comment