सुर्खेत,४ फागुन ।
म.प विश्वविद्यालयमा इन्जिनियरिङको पढाई सुरु भएको छ । एक वर्ष अगाडिमात्रै विभिन्न चारवटा सङकायको अध्यापन सुरु गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले इन्जिनियरिङ सङकायको पढाई पनि अध्यापन सुरु गरेको छ ।
म.प विश्वविद्यालयमा इन्जिनियरिङको पढाई सुरु भएको छ । एक वर्ष अगाडिमात्रै विभिन्न चारवटा सङकायको अध्यापन सुरु गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले इन्जिनियरिङ सङकायको पढाई पनि अध्यापन सुरु गरेको छ ।
यसअघि शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन र विज्ञान तथा प्रविधि सङकायको अध्यापन सुरु गरेको विश्वविद्यालयले आइतबारदेखि इन्जिनियरिङ सङकायको पढाइ सुरु गरेको हो । यस सङकायअन्तर्गत बिई सिभिलको अध्यापन सुरु गरिएको सो सङकायका डीन प्राध्यापक रामचन्द्र अर्यालले जानकारी दिए ।
अर्का शैक्षिक सत्रदेखि भने अन्य विषयहरु बिई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, बिई कम्प्युटर, बिएस्सी सिएआइटी र बिआइएम विषयहरुको पनि अध्यापन गरिने उनले जानकारी दिएका छन् । ग्रामीण क्षेत्रलाई प्राविधिक क्षेत्रमा सबल र सुदृढ बनाउने उद्देश्यले सम्भाव्यता अध्ययन गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ सङकाय सुरु गरिएको जनाइएको छ ।
४८ जना विद्यार्थी भर्ना लिएर सुरु गरिएको यो विषयको अध्ययन चार वर्षमा सकिने छ । चार वर्षमा आठ वटा सेमेस्टर पूरा गरेपछि यो विषयमा उत्तीर्ण भएको मानिने डीन अर्यालले बताए ।
यस विषयको अध्ययनका लागि चार लाखदेखि छ लाखसम्म खर्च हुनेछ । यो शुल्क अन्य विश्वविद्यालयको तुलनामा सस्तो भएको विश्वविद्यालयले दाबी गरेको छ । पश्चिम क्षेत्रका इन्जिनियरिङ विषय पढ्न चाहने विद्यार्थीलाई काठमाडौँमा मौका नमिल्ने भएकाले मप विश्वविद्यालयले उनीहरुलाई यहीँ अध्ययन गर्ने मौका दिनका लागि इन्जिनियरिङको अध्यापन सुरु गरिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पदमलाल देवकोटाले बताए ।
आउँदो वर्षदेखि विश्वविद्यालयमा मेडिकल साइन्स सङकाय पनि थप्ने तयारी भइरहेको समेत उनले जानकारी दिए । अहिले विश्वविद्यालयले सबै सङकायका गरी जम्मा ५३ विषयको अध्यापन गरिरहेको छ ।
No comments:
Post a Comment