Sunday, February 16, 2014

सम्पर्कबिहीन जहाज पत्ता लागे

हराएको जहाज अर्घाखाँची र पाल्पाको सीमाको जंगलमा खसेको अनुमान
हराईरहेको नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम–८ स्थित जंगलमा खसेको अनुमान गरिएको छ । जंगलमा आगलागी भइरहेको र घटनास्थलतर्फ प्रहरी जाँदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए । जहाजमा चालक दलका तीन सदस्यसहित १८ यात्रारत थिए ।  यो स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ । आईतबार पोखराबाट जुम्लाका लागि उडेको ट्वीनअटर बिमान १ बजेर १३ मिनेटमा सहयोगका लागि भैरहवा बिमानस्थलको सम्पर्कमा आएपछि सम्पर्कबिहीन भएको थियो ।
दुर्घटनास्थल भनिएको अर्घाखाँचीको खिदिमस्थित जंगल पुगेका प्रहरी, स्थानीय र सञ्चारकर्मीको टोलीले दुर्घटनाग्रस्त जहाज नभेटिएको जनाएको छ । उद्दार कार्यका हेलिकप्टरमा खटिएको नेपाली सेनाको टोलीले पनि दुर्घटनास्थल पत्ता लागिनसेको जनाएको छ ।
१२ बजेर ४० मिनेटरमा पोखराबाट उडेको ९ एन एबीबी कल साईन भएको जहाज साढे एक बजेसम्म जुम्ला पुगिसक्नुपर्ने थियो ।
जहाजका पाइलट शंकर श्रेष्ठ सहायक पाइलट रविन्द्र बञ्जारा र परिचारिका मुना महर्जन थिए । यात्रुहरुमा कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय र डेनमार्कका नागरिक थिए  ।।
बिमान खसेको आशंका गरिएको जंगलबाट धुँवाको मुस्लो आएपनि घटनाको पुष्टी भइसकेको छैन् । घटनास्थल र वरपरका जिल्लामा असिना पानीसँगै कुहिरो लागेको छ । स्थानीयबासीको अनुसार घटनास्थलमा हेलिकप्टर आएर अवतरण गर्न खोजेपनि खराब मौसमका कारण फर्किएको छ । घटनास्थलतर्फ पाल्पाको तानसेनबाट नेपाली सेनाको टोली र मुझुम प्रहरी चौकीबाट प्रहरी गइरहेको छ । पाल्पाको तानसेनबाट घटनास्थल पुग्न दुई घण्टा लाग्छ । खोजीका लागि नेपाली सेनाको हेलिकप्टर परिचालित छ ।

No comments:

Post a Comment