उपाध्यक्ष, सचिव, सह–सचिव निर्विरोध
बाँकी पदका लागि मतदान आज
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको १९ औँ वार्षिक साधारणससभा तथा ९ औँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष, सचिव, सह–सचिवमा प्रेस चौतारी नेपालबाट निर्विरोध चयन भएका छन् ।
अन्तिम समयसम्म सो पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उपाध्यक्षमा दीपक बुढा, सचिवमा ललित बुढा र सहसचिवमा विनोद शाही चयन भएका हुन् । साथै मधेशीबाट सदस्यमा अशोक मिश्र पनि निर्विरोध चयन भएका छन् । महासंघको बाँकी नेतृत्वका लागि विहीबार(आज) विहान आठ बजेपछि मतदान हुने भएको छ ।
अध्यक्षका लागि कम्यूनिष्ट प्यानलबाट गणेशकञ्चन भारती तथा प्रेस युनियनबाट कलेन्द्र सेजुवाल र ललित बसेलले उम्मेदवारी दिएका छन् । भारती क्रान्तिकारी पत्रकार संघ समर्थित हुन् । कोषाध्यक्ष पदका लागि कम्यूनिष्ट प्यानलबाट क्रान्तिकारी पत्रकार महासंघका टेकेन्द्र विश्वकर्मा र युनियन सेजुवाल प्यानलबाट माया थापाले मनोनयन दर्ता गराएका छन् । खुल्ला सदस्य तर्फ प्रेस चौतारीबाट गोविन्द खत्री, कृष्ण आचार्य, प्रतिमा परियार र विर्ख बडुवाल तथा अन्य कम्यूनिष्ट प्यानलबाट जीवन शाही, देवराज जैशीले उम्मेदवारी दिएका छन् । यस्तै विश्वबन्धु रोकाय, महोमद आयतुल्ला रहमानले पनि सदस्य पदका लागि मनोनयन दर्ता गराएको जनाइएको छ । महिला सदस्यमा लक्ष्मी भण्डारी र कोमल शाही, दलित कोटा तर्फ संजीव बराल र रगविर विश्वकर्मा उम्मेदवार उठेका छन् । जनजाती तर्फ अशोक राजी, भुपेन्द्र घर्ती र ललित गाहा रहेका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको १९ औँ वार्षिक साधारणससभा तथा ९ औँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष, सचिव, सह–सचिवमा प्रेस चौतारी नेपालबाट निर्विरोध चयन भएका छन् ।
अन्तिम समयसम्म सो पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उपाध्यक्षमा दीपक बुढा, सचिवमा ललित बुढा र सहसचिवमा विनोद शाही चयन भएका हुन् । साथै मधेशीबाट सदस्यमा अशोक मिश्र पनि निर्विरोध चयन भएका छन् । महासंघको बाँकी नेतृत्वका लागि विहीबार(आज) विहान आठ बजेपछि मतदान हुने भएको छ ।
जिल्लामा कार्यरत पत्रकारहरुको अधिकारहरु स्थापित गर्ने उद्देश्यले स्थापना भएको महासंघ सम्पुर्ण पत्रकारहरुको साझा सस्थाका रुपमा विकास गनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायधिस दीवकराज जोशीले पत्रकारहरुले शब्दमा मात्रै नभई एयटा अक्षरमा ख्याल गर्नुृपर्ने बताएका थिए । अहिलेको युग नै अक्षर र शब्दले परिचालित भएको दावी गर्दै न्यायधिस जोशीले पत्रकारहरुले लेखिने अक्षर एउटा अक्षरले पनि गलत सन्देश जाने सम्पेषण हने भएकाले गल्ती गर्न नहुने बताए । कार्यक्रमा पत्रकार महासंघ शाखा सुर्खेतका सस्थापक अध्यक्ष तगा पुर्व केन्द्रीय उपाध्यक्ष चिरञ्जिवी अर्यालले पत्रकारीता पेशा निष्पक्ष भनिएतापनि पछिल्लो समय महासंघमा राजनीति हावी भएको भन्दै त्यसबाट माथि उठेर नयाँ नेतृत्व चयन गर्न सुझाव दिए । साथै पत्रकारीता क्षेत्र आकर्षण, अवसर, सम्भावना, चुनौतीको क्षेत्र भएकोले यि सबैलाइै स्वीकार गरेर पत्रकारहरु अगाडी बढ्नुपर्ने समेत उनले जोड दिए । कार्यक्रममा पुर्व सभासद तथा एमाओवादी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक नरबहादुर विष्टले जनताका हक, अधिकारको रक्ष र उनीहरुका आवाज पत्रकारले बुलन्द ष्र्नु पर्ने भन्दै सत्यतथ्य सूचना सम्पेषण र गलत त्रिलयाकलापको भण्डाफोर गर्नुपर्ने बताए । । महासंघका पुर्व सभापति मोतिप्रसाद पौडेलले पत्रकारले समाचार सम्पेषण गर्ने बाहानामा कसैलाई अन्याय गर्ननहुने बताए । कार्यक्रमा जिल्ला प्रशासन कार्यलयका सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल पत्रकारीता समाज परिवर्तनको महत्वपुर्ण र भरपदौ माध्यामा भएको बताए । नेपाल पत्रकार महासघ शाखा सुर्खेतका पूर्वं अध्यक्ष ताथा निवर्तमान सल्लाकार श्रीधर पौडेलले महासंघ पत्रकार जन्माउने भन्दा पनि पत्रकारीता जोगाउने उद्देश्यका साथ लाग्नुपर्ने बताए । कार्यक्रमा नगरपालिकाका कार्यकारी प्रमुख भोजराज लम्साल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपनिरीक्षक प्रकाश अधिकार, अग्रज पत्रकार भानुभक्त भारती, गैरसरकारी महासंघ सुर्खेतका अध्यक्ष डिलुप्रसाद घिमिरे, मानव अधिकार संघ सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी, नेपाल प्रस यूनियन सुर्खेतका अध्यक्ष नैनसिहं थापालगायतले आफ्नो भनाई राखेका थिए ।
No comments:
Post a Comment