राउटेलाई वन संरक्षणमा लगाइदै
गोविन्द खत्री
सुर्खेत, १८ फागुन ।
जंगलमा काठ काट्ने र काठका समान बनाई बिक्रि गर्ने परम्परागत पेशा गर्दै आएका राउटे समुदायलाई वन संरक्षण तर्फ लगाउन अन्तरक्रिया गरिएको छ ।
जिल्ला वन कार्यालय सुर्खेतले जलवायु परिवर्तनले राउटे समुदायमा परेको प्रभाव र वन संरक्षणमा राउटेको भूमिका विषयमा राउटे समुदायसंग आइतबार सुर्खेतको जर्बुटा ८ रातानाङ्गलामा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा राउटे समुदायका एक मुखिया सुर्यनारायण शाहीले राउटेलाई राउटे भएर बाँचका लागि सामुदायिक वन भोगचलनको प्रमाण पत्र दिनु पर्ने बताएका छन् ।
पछिल्लो समय सामुदायिक वनमा रुख काट्न नदिँदा आफूहरुलाई समस्या भएको बताउँदै जुनसुकै जिल्लामा गएर पनि रुख काट्न पाउने गरी प्रमाण पत्र दिन मुखिया शाहीले आग्रह गरेका हुन् । ‘अन्य आदिवासी जनजाती नेवार, दलित, कुसुण्डालाई सहुलियत दिए जस्तै हामीलाई पनि वन काट्न सहुलियत दिनु प¥यो’ उनले थपे,‘वन दिनु भयो भने हाम्रा छोरा नातीलाई पनि होला २०–२५ लाख रुपिया दिएपनि आजलाई मात्रै हो ।’ अन्तरक्रियामा जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख शम्भुप्रसाद चौराशीयाले राउटे जलवायु परिवर्तनको प्रत्यक्ष मारमा पर्ने समुदाय भएकाले सचेत गराउन आवश्यक रहेको बताए । वन विनास गर्ने राउटेहरुलाई नै रक्षक बनाउन सके वन संरक्षण गर्न सकिने उनको तर्क छ । आइएलओ सन्धीको एस सय ६९ नम्बर दफाले राउटेको परम्परागत अधिकारलाई कानुनले पनि रोक्न नसक्ने उल्लेख गरेको बताउँदै उनीहरुलाई रुख काट्नबाट रोक्न नसकिने बताए । उनीहरुलाई छुट्टै वनको जिम्मा दिएर संरक्षण गर्न लगाउन सकेमा संरक्षणमा सहयोग पुग्ने उनको धारणा छ । टहरा बनाउन प्रयोग गरिएका काठहरु वस्ती सरेर जाँदा जलाउने गरेकोमा अब भने राउटे समुदाय र जिल्ल वनबीच नजलाउने सहमती भएको चौराशीयाले जानकारी दिए । अन्य सर्बसाधारण भन्दा धेरै वनको राउटेहरुलाई नै आवश्यक पर्ने भन्दै उनीहरुलाई संरक्षणका लागि चेतना जगाउन आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतका अध्यक्ष दुर्गबहादुर थापाले वनमा अन्य समुदाय सरह राउटे समुदायको पनि अधिकार रहेकाले संरक्षणमा पनि लगाउनु पर्ने बताउँदै यस्तो खालको अन्तरक्रिया उद्धाहरणीय काम भएको बताए । उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका रोगको सिकार बनेका छौँ भन्ने राउटे समुदायमा जानकारी नभएपनि सो समुदायको संख्या पहिलेको तुलनामा निकै कम भएको बताए । राउटे समुदायको अस्तित्व बचाउनका लागि जलवायु परिवर्तनले पार्ने प्रभावबारे जानकारी गराउन आवश्यक हुने थापाको भनाई रहेको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले राउटेलाई नै वन संरक्षणमा लगाउन सके संरक्षण क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताए । राउटे समुदायका मुखियाहरु वीरबहादुर शाही र डिलबहादुर शाहीले पनि वनजंगल आफूहरुले प्रयोग गर्न पाउनुपर्ने बताएका छन् ।
अन्तरक्रियामा वन फडानीबाट हुने हानी नोक्सानी र संरक्षणका फाइदाका विषयमा तयार पारिएको डकुमेन्टी पनि देखाइएको छ । वन संरक्षणमा राउटेहरुलाई नै अग्रसर बनाउनका लागि जिल्ला वन कार्यालयले चार जना राउटे युवालाई वन हेरालु को जागिर दिने प्रक्रिया चलाएको छ । वनमा आगलागी हुँदा निवाउने तथा जथावी काट्नबाट रोक्ने हेरालुको काम हुने जिल्ला वन कार्यालयले जनाएको छ । वन हेरालु वापत प्रति व्यक्ति २५ सय पारिश्रमिक दिने बताइएको छ ।
जिल्ला वन कार्यालय सुर्खेतले जलवायु परिवर्तनले मध्यपश्चिमका विभिन्न जंगलहरुमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पेशा संकटमा पर्ने खतरा देखिएको छ । परम्परागत रुपमा रुख काटेर काठका सामानहरु बनाउने र गुना बाँदरको सिकार गरी जिविकोपार्जन गरिरहेका राउटे समुदायमा काठ काट्न नदिइएपछि उनीहरुको अस्तीत्व नै खतरामा परेको हो ।

No comments:
Post a Comment