भद्र भण्डारी
आजकल सबै पत्रपत्रिका र अनलाइनमा हामीले देख्न पाउ“छौं । सामाजिक अभियन्ता दिलशोभाको साहशिक अभियान र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुमाथि आउन सक्ने अप्ठ्याराहरुको उदाहरणीय प्रखालहरु । बास्तवमा दिलशोभाको इतिहास बुझ्नेलाई मात्र थाहा होला, उनले गरेका कामहरु कति प्रेरणापरक छन् र भोलिका सबै सन्ततिहरुलाई एउटा उदाहरण दिने । वास्तवमा समाजमा राम्रो काम गर्छु, नाम र इज्जत कमाउ“छु भनेर दिलशोभाले गर्न खोजेकी थिइनन् । एउटा घरमा गएको बेला एउटी बुढी आमा जो भड्याङ्को ट्वाइलेटको माथिको सानो ठाउ“मा बसिरहेकी र सधैं उनको नातिले टिफिन बट्टामा खाना ल्याइदिने तर त्यो खोल्न नसकेर बासी रहने त्यो दिन उनी तिनी आमालाई देख्न पुगिन् र त्यो बट्टा खोली खाना खुवाएर अव म यस्ता बुढी आमाहरुलाई थोरै भएपनि सेवा गर्न सक्छु भनेर आफ्नै घरमा त्यस्तै बाटोहरुमा अपहेलित आमाहरुलाई लिएर सानो कामको थालनी गर्न सुरु गरिन् । उनको यो थालनी आफ्नो अन्तर आत्माबाट आएको आत्मिय स्वयम्सेवा थियो ।
आजकल सबै पत्रपत्रिका र अनलाइनमा हामीले देख्न पाउ“छौं । सामाजिक अभियन्ता दिलशोभाको साहशिक अभियान र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुमाथि आउन सक्ने अप्ठ्याराहरुको उदाहरणीय प्रखालहरु । बास्तवमा दिलशोभाको इतिहास बुझ्नेलाई मात्र थाहा होला, उनले गरेका कामहरु कति प्रेरणापरक छन् र भोलिका सबै सन्ततिहरुलाई एउटा उदाहरण दिने । वास्तवमा समाजमा राम्रो काम गर्छु, नाम र इज्जत कमाउ“छु भनेर दिलशोभाले गर्न खोजेकी थिइनन् । एउटा घरमा गएको बेला एउटी बुढी आमा जो भड्याङ्को ट्वाइलेटको माथिको सानो ठाउ“मा बसिरहेकी र सधैं उनको नातिले टिफिन बट्टामा खाना ल्याइदिने तर त्यो खोल्न नसकेर बासी रहने त्यो दिन उनी तिनी आमालाई देख्न पुगिन् र त्यो बट्टा खोली खाना खुवाएर अव म यस्ता बुढी आमाहरुलाई थोरै भएपनि सेवा गर्न सक्छु भनेर आफ्नै घरमा त्यस्तै बाटोहरुमा अपहेलित आमाहरुलाई लिएर सानो कामको थालनी गर्न सुरु गरिन् । उनको यो थालनी आफ्नो अन्तर आत्माबाट आएको आत्मिय स्वयम्सेवा थियो ।
यहा“ आफ्नो घरमा आफ्ना आमा–बुवाहरुलाई सम्हाल्न नसक्ने त्यति मात्र होइन् आफ्ना बुढा आमा बुवाहरुलाई रक्सीले मातेर पिटपाट गर्ने, कति कुपुत छोराछोरीहरु हामीले देखेकै र पढेर सुनेकै छौं । अझ आफ्ना घरमा आउने इष्टमित्र र नातेदार आए भनेपनि एकछाक खान र बस्न दिनुपर्छकी भनेर चिनजान नै गर्न नचाहने, चिने पनि नचिने झै गर्ने यही“ समाजमा ठूलाबढाहरु पनि हामीले देखेकै छौं । आफ्ना बाबु–आमालाई महिनाको ३० दिनमा १५–१५ दिन पालो लगाउने र जव ३१ को महिना पर्छ एक दिन आफ्नो नौ महिना गर्भमा राखेकी, आफ्नो दुध र पसिना दिएकी त्यस्ता आमा–बाबुलाई भोकै राखी उनीहरुलाई सहन नसक्ने सन्तान पनि हामीले देखेकै छौं । अझ आफ्ना बुवा–आमा मर्दा कपालसम्म पनि खौरिन नचाहने सन्तान, यदि खौरिएर कोरामा बसिहाले भने पनि १३ दिनलाई ३६५ दिन सम्झिने र १३ दिनलाई पनि तीन दिनमात्र बनाएका सन्तानलाई पनि हामीले देखेका छौं । दिलशोभा जसले सडकमा माग्दै र बलात्कृत भइरहने बृद्धहरुलाई लालन–पालन फोहर मैला सफा गरि पालन पोषण गरिन् । कोरियामा रोजगार दिने व्यक्तिलाई भगवान सरह मानिन्छ रे ! त्यति मात्र होइन् विश्वका धेरै देशहरुमा उद्यमी बन्न चाहनेहरुलाई उसको घरैमा गएर उसलाई चाहिने सबै सल्लाह साथै उसले गर्न चाहेको उद्योगको सबै कागजपत्र र दर्तासम्म गरिदिन्छन् रे । सायद हाम्रो देशको शिक्षा प्रर्णालीले हामीमा व्यक्तिगत वा आफू र आफ्नो हित हुने प्रबृत्ति मात्र देखिएको, शिक्षाले शिक्षित व्यक्तिहरुमा समाज उपयोगी विचार जगाउन नसक्नु, व्यक्तिमा असल गुणको विकास हुन नसक्नु, शिक्षा जीवनका लागि भन्दापनि शिक्षा जीवन निर्वाहका लागि मात्र हो भन्ने विषयमा केन्द्रीत रहनु, समाज उपयोगी इमान्दार नागरिक तयार गर्न नसक्नु आजका विडम्वनाका विषय हुन् ।
एउटा परिवार साथै आफ्नो लोग्नेले छोडेको, पढाई लेखाई पनि धेरै नभएको तर मनभित्रबाट स्नेह र मायाले परोपकारी भावना भएकी दिलशोभा आज हाम्रो मात्र होइन् एउटा विश्वकै सम्पत्ती बन्न सक्थिन्, आज मानवताको अवस्था ह्रासउन्मुख भईरहेको, धनसम्पत्ती र शक्ति नै ठूलो हो भन्ने परिभाषा भएको समाजमा हिजोको संयुक्त रुपमा संगै भावना बाड्ने र संगै बस्ने परिवार आज टुक्रेर सानो, हिजोको ऐ“चोपैचो चल्ने समाजमाथि आज मानवीय मूल्य मान्यताहरुमा ह्रास, भ्रष्टचारले बढवा, असलपनाको अभाव भएको आजको विश्वमा दिलशोभा सबैका लागि प्रेरक बन्न सक्थिन । यतिमात्र होइन वर्तमान समयको परिवर्तनलाई हेर्दा पारिवारिक संरचनामा फेरवदल भइरहेको देखिन्छ । बृहत परिवारको ढा“चा बदली संयुक्त, सानो अनि एकल परिवारमा परिणत भएको छ । यति मात्रै होइन् बाबु एकातिर छ भने आमा अर्कातिर भइ बालबालिकाले मातापिताको न्यानो माया तथा संरक्षित छाहरीबाट बञ्चित हुने स्थिति आएको छ । पश्चिमी छाडा पनाले नेपाली समाजलाई नराम्ररी गा“जेको छ । नेपाली युवाहरु मदिरा, चुरोट र लागूपदार्थको कुलतमा फसेका छन् । फलस्वरुप मानसिक तनाव, आत्महत्या, सवारी दुर्घटना, ग्याङ फाइटजस्ता अनेक परिवन्धमा परि नेपाली युवाले आफ्नो अमूल्य मानव जीवन खेल फालिरहनु परेको छ । नेपाली परम्परा,संस्कृति र मूल्यहरुमा ह्रास आएको छ । होली जस्तो पवित्रपर्व महिलाका लागि भय र त्रासको विषय बनेको छ । तिहारको देउसी भैलो संस्कृति जोगाउने भन्दा पैसा कमाउने बाटो बनेको छ । जात्रा पर्वहरुमा मादकपदार्थ सेवन गर्ने चलनले समाजमा बिकृति बढेको छ । विवाह दाइजो र सांस्कृतिक संस्कारका नाममा केटाकेटी किनबेच गर्ने कुप्रथा बढीरहेको छ । पद, शक्ति र सम्पत्तीको मोहले मानिसलाई स्वार्थी र बेमान बनाएको छ । सबैलाई एकतावद्ध गराउने कार्यमा लाग्नुभन्दा समाज टुक्र्याउने गतिविधीले प्रश्रय पाएको छ । मानवीय आचरण र परोपकारका कुरा कितावका पानामा सिमित भएका छन् । मानिस निजी स्वार्थका लागि धन थुपार्ने होडबाजीमा लागेका छन् । समाजको भलाई हुनेतर्फ कमै ध्यान गएको छ । विश्वका असंख्य व्यक्तिहरु गरिविको चपेटामा परेका छन् । कोही गास, बास र कपास जस्ता आधारभूत आवश्यकता उपयोग गर्न नपाई पशुभन्दा निरिह जीवन जीउन बाध्य छन् । कोही विलासिता र हातहतियार किनबेचमा समय, शक्ति र साधनलाई खेर फालिरहेका छन् । कतै अन्न फालाफाल छ कतै भोकमरीले मानिस मर्न मरणको अवस्थामा छन् । सानो सरकारी काम गराउन धुसै दिनुपर्छ । सोझो सिधा तरिकाले न कुनै काम बन्छ न त न्याय पाउने अवस्था नै छ । ब्यापार व्यवसायमा इमान्दारिताको सट्टा कालोकजारी र मिसावटबाट जनस्वास्थ्यमा असर पर्ने आद्यान्न खान मानिस बाध्य छन् । कतिपय अस्पताल, औषधि विक्रेता र चिकित्सकको हकमा पनि यस्तै कुराहरु सुनिन्छ ।
आम सञ्चारको माध्यममा पनि यस्तै भ्रष्टचार र अन्यायपूर्ण कुराको समाचारले भरिएको हुन्छ । केटाकेटीहरु पनि यस्तै अखवारहरु पढर्छन, टिभी हेर्छन, रेडियो सुन्छन् अनि ठूलो भएपछि यही संस्कार अनुकरण गर्न थाल्दछन् । फिलिम हेरेर मन क्रुर एवम् हिंसात्मक योजनाहरु बनाउन इच्छुक देखिनु, तर्कशक्ति छक्याउने कामका लागि प्रयोग हुनु जस्ता कुराहरु पछ्याइरहेको आजको समाजका लागि कुनै व्यक्तिले सबै भोग विलासी सुख, शयल आदि त्याग गरि निरन्तर आफूलाई समाज सेवामा समर्पित गर्नु आफू पनि नगर्ने अरुलाई पनि केही राम्रो काम गर्न नदिने त्यस्ता व्यक्तिहरुले भरिएको समाजमा दिलशोभा र उनको दर्ता नभएको आमाघर आज एउटा बाख्राको खोर सरह भएको छ । दर्ता नभएकोलाई दर्ता गर्न सकिन्छ । अव्यवस्थितलाई व्यवस्थित गर्न सकिन्छ । यसो गर्दा राम्रो गर्न सकिन्छ भन्नु भन्दापनि त्यसलाई भताभुङ्ग पारिनु आज परोपकारी काममा लागेका व्यक्तिहरुलाई निरुत्साहित र अपमान गर्नु सरह भएको छ, दिलशोभाको घटनाले तर पनि नकारात्मकताले भरिएको समाजमा सकारात्मक सानो भएपनि निरन्तर आफ्नो प्रयास गरिरहन त्यस्ता सम्मानित सामाजिक व्यक्तिहरुलाई अनुरोध गर्दछु । दिलशोभालाई म पनि भन्दिन की उनी सबै गुणले भरपूर थिइन् भनेर । उनी पनि मानिस हुन् । मानिसबाट गल्तीहरु हुन सक्दछन् । हु“दा त आजको हाम्रो समाजमा लाखौ राम्रो कामहरु ग¥यो तर एउटा मात्र सानो गल्ती कतै भयो भने उसको जीवन नै सखाप हुन्छ । हाम्रो कानुनले तैले धेरै राम्रो गरेको छस् ल एउटा मात्रै सानो नराम्रो काम गरेको रहेछस् भनेर माफी दिंदैन । यदि दिलशोभालाई पनि लागेको तथाकथित यौनदुराचारको आरोप अनुसन्धानबाट सांचो प्रमाणित भएमा उनी सजायको भागीदार हुनैपर्ने हुन्छ । तर, यदि भएन भने उनको त्यो अन्तरआत्माबाट आएको परोपकारी भावनामा हामी कसैले पनि ठेस पु¥याउने खालका कुराहरु आउन दिन हु“दैन ।
बास्तवमा सामाजिक काम गर्न अझ हाम्रो जस्तो नकारात्मकाताले भरिएको समाजमा धेरै कठिन कार्य हो । अझ भनौ बृद्धहरुलाई त संगै राख्न एउटै ठाउंमा बसालेर संगै बांच्ने बनाउन जातीय छुवाछुत, उचनिच व्यवहार कानुनीरुपमा भन्दापनि व्यवहारिक रुपमा नहराई सकेको हाम्रो समाजको सबैभन्दा ठूलो चुनौति नै हो । आजका दिनसम्म आइपुग्दा २०५४ सालमा स्थापित यस क्षेत्रको परोपकारी संस्था प्रशान्ति बृद्धाश्रमले पनि धेरै कठिनाईहरु भोगेको छ । द्वन्द्वकालमा भेरी पुलको किनारमा केही बृद्धआमाबुवाहरु राख्दा त्यतिबेलाको युद्ध र सुरक्षाले हामीलाई धेरै चुनौतिहरु थपेको थियो । त्यसपछि आश्रमलाई सदरमुकाम नजिक राख्नुपर्छ
भनेर विभिन्न परोपकारी मन भएका व्यक्तिहरुको घरदैलो धाउन थालियो र एकजना व्यक्तिले एक कट्ठा जग्गा दिनुभयो । त्यसपछि घर निर्माण गर्ने दाताहरु खोज्न र अनुरोध गर्न थालियो । विभिन्न सरकारी निकायहरु र ब्यक्तिहरुबाटको सहयोगले आश्रमको आजका दिनसम्म दुई तले भवन निर्माण भएको छ । त्यसमा दैलेख, जुम्ला, सुर्खेत लगायत विभिन्न ठाउ“हरुबाट दुःख पाएका र घरबार केही नभएका सात जना आमा बुवाहरु हुनुहुन्छ । करिव दुईसय ५० जना साधारण सदस्य आमाबुवाहरु हुनुहुन्छ । जो विभिन्न आश्रमको विशेष कार्यक्रमहरुमा घरबाट आउ“दा चामल, दाललगायतका खाद्यान्न बस्तुहरु मुठ्ठीदान गर्नुहुन्छ । परोपकारी सेवा भावना भएका व्यक्तिहरुले आफ्नो जन्मदिन, आमा बुवा आफन्तहरुको तिथि आदिमा भोजन, संङ्ग, भजन आदि हुनेगर्छ ।
दाताहरुले दिएको दान र दक्षिणाबाट र भोजन खुवाउ“दा बचेको केही रकमबाट त्यही“ बस्ने आमा बुवाहरुको सेवा गर्ने दुई जना सेवकहरुलाई सानो रकम सेवा गरेवापत दिंदै आइरहेको छ । विभिन्न कार्यक्रममा सेवा गर्ने हिसावले केही परोपकारी मन भएका व्यक्तिहरु आश्रममा सेवा गर्न जानेगर्नु हुन्छ तर उहा“हरुको स्वयम् सेवा भएकाले कसैलाई पनि कर गर्न सकिदैन । आश्रमका सञ्चालक समिति र अन्य उपसमितिहरुको पनि स्वयम् सेवा भएकाले जनर्जस्ती गर्न सकिने कुरै भएन । त्यस्तै आश्रममा आश्रित आमा–बुवाहरु पनि पुरानो सोचाईको भएका कारण पुरानो आदतलाई बदल्न पनि कठिनाई हु“दो रहेछ । कहिले काही“ त आश्रित आमा–बुवाहरु स्वयम् झगडा गर्ने, संगै बस्न नसक्ने कठिनाईहरु पनि आउने गरेका छन् । माना कुठी अभियानलाई अझ परिमार्जन गर्न जरुरी देखिन्छ । तर पनि यो भावनाको कुरा भएकाले यसलाई पनि करकाप गर्न गाह्रो हुन्छ । सामान्य सुविधा, बत्तीपानी, सरसफाई बाथरुम, ट्वाइलेट, सामान्य खाना, सामान्य फर्निचर, साप्ताहिक र पाक्षिक रुपमा भोजन, सत्संग, बुढेसकालमा गर्नुपर्ने व्यवहार, घरपरिवार र समाजमा र बृद्ध अवस्थामा देखिने रोग र बच्न सक्ने उपाय, विभिन्न समस्याहरुको बारेमा भन्न र बुझ्न सिक्ने सिकाउने कामहरुको थालनी विभिन्न संघ–संस्था र परोपकारी भावना भएर आश्रममा आएका ब्यक्तिहरुबाट आश्रमले सेवा गर्दै आइरहेको छ ।
यी उल्लेखित कुराहरु सामान्य कामको सुरुवात भए । हामीले यस क्षेत्रमा नै क्षेत्रीय आश्रम हुनुपर्छ त्यसका लागि जग्गाको व्यवस्था दाताहरुले यस आश्रमलाई दिएको जग्गा हामीले व्यवस्था गछौं भन्दै विभिन्न सरकारी र दातृ निकायहरुलाई प्रस्तावपत्र पेश गरि अनुरोध गरिसकिएका छौं । जसलाई यस क्षेत्रमा अपहेलित, विरक्त जसको कोही र केही हु“दैन उहाहरुलाई आश्रय दिने आश्रम हुनुपर्छ भन्ने यस आश्रमले वकालत र अनुरोध गरिरहेको छ । त्यसमा अझ पालनपोषण र कर्मचारीहरुको समस्या नआओस् भनेर आश्रमले यस क्षेत्रका परोपकारी मन र भावना भएका व्यक्तिहरुलाई आश्रममा प्रत्यक्ष र परोक्ष समावेश गराउनका लागि जेष्ठ नागरिक अक्षयकोष अर्थात आजिवन सदस्यता दिने अभियान सुरु गरेको छ ।
उक्त अभियानबाट जम्मा हुने आजिवन सदस्य र सहयोग रकमलाई त्यही अक्षयकोषमा संगोलमा जम्मा गर्ने र कुनै राम्रो व्याज दिने बैङ्कमा जम्मा गरि उक्त रकमलाई करिव पचास लाख भन्दामाथि पु¥याउने त्यसबाट सृजित व्याजबाट यस क्षेत्रमा रहेका अति कमजोर र अशक्त जेष्ठ नागरिकहरुको पालनपोषणमा लगाउने । उक्त अभियानमा सामेल हुन आश्रमले यस क्षेत्रमा मात्र होइन् नेपालभरी र विदेशमा रहेका नेपालीहरुलाई पनि हार्दिक अनुरोध गरेको छ । यो अभियानलाई हामीले आफू अर्थात आश्रमका सञ्चालकबाट सुरुवात गरेका छौं । देश विदेशबाट पनि राम्रो सुरुवात हो भन्दै फोन र इमेलहरु आइरहेका, सहभागिता जनाउने अनुरोध पनि आएका छन् । आश्रमले ल्याएको अभियानबाट आउ“दा दिनहरुमा नियमित आश्रम सञ्चालन र दीगो रुपमा व्यवस्थापन गर्न सजिलो हुनेमा आशावादी छ । यहा“ आउ“दा दिलशोभा जस्ता विशुद्ध समाजसेवी अभियानकर्ताहरुको आज देशलाई निकै खा“चो छ । दर्ता र नियम कानुनको पछाडि लागिरहने सरकारी निकायबाट हुन सक्ने सहयोगको पनि खा“चो छ ।
(लेखकः प्रशान्ति बृद्धाश्रम सुर्खेतका कोषाध्यक्ष हुन्)

No comments:
Post a Comment