Sunday, March 2, 2014

महोत्सवको आकर्षण हात्ती सवार

सुर्खेत, १६ फागुन ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी राष्टिय पर्यटन तथा शैक्षिक महोत्सव २०७० को पाँचौ दिन आइतबारदेखि दर्शकलाई हात्तीमा सवार गराउन शुरु गरिएको छ ।
सुर्खेतमा आयोजना गरिएको महोत्सवहरुमा पहिलोपटक गरिएको हात्ती सवार कार्यक्रमले दर्शकको आकर्षण बढाएको छ । दर्शकको मागलाई ध्यानमा राख्दै बर्दियाबाट दिपेन्द्रकली नामको हात्ति ल्याइ हात्तीमा सवार गराउन थालिएको महोत्सवको मुख्य आयोजक पर्यटन विकास मञ्चले जनाएको हो । हात्ति अवलोकन सबैका लागि खुल्ला गरिएपनि चढ्नका लागि बालबालिकाका लागि एक सय ५० र अन्यका लागि तीन सय रुपैयाँ टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ ।
आइतबार महोत्सवको मुख्य आकर्षक नै हात्ती सवार बन्यो । हात्ती ल्याएको पहिलो दिन मै एक सयभन्दा बढिले हात्तीमा सवार गरि महोत्सवको अवलोकन गरेका आयोजक समितिका सयोजक चिन्तामणी शर्माले बताए । महोत्सवमा थप सांस्कृतीक कार्यक्रम पनि भएका थिए । आइतबार लोकगायक बद्रि पंगेनी, मञ्जु महत तथा आधुनिक गायक शिव परियारले आफ्नो प्रश्तुती प्रस्तुत गरेका छन् ।

No comments:

Post a Comment