Sunday, March 2, 2014

गाग्रेतालमा कोइराला

गाग्रेतालमा कोइराला
नेपाल राष्ट्रिय उच्च माद्यमिक विद्यालय जर्वुटा गाग्रेताल सुर्खेतमा नयाँ व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
विद्यालयको आइतबार भएको भेलाले तीन वर्षे कार्यकालका लागि हरि कोइरालाको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको हो । व्यवस्थापन समितिको अन्य सदस्यहरुमा गणेशकुमारी लामिछाने, रुपलाल तिवारी, नवराज सुवेदी, सुरेन्द्रराज अधिकारी, सत्तार बक्स र गंगाराम कंडेल चयन भएका  छन् । भेलाले डिल्ली कंडेलको अध्यक्षतामा नौ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरेको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद चालिसेले जानकारी दिएका छन् ।

No comments:

Post a Comment