Thursday, February 27, 2014

राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सव–२०७०

राष्ट्रिय कलाकारले महोत्सव तताए

सुर्खेत, १५ फागुन ।
वीरेन्द्रनगरमा जारी राष्ट्रिय पर्यटन तथा शैक्षिक महोत्सव–२०७० को दोस्रो दिन बिहीबार राष्ट्रिय कलाकारहरुले महोत्सव तताएका छन् । राष्ट्रिय स्तरका कलाकारहरु  पशुपति शर्मा, राधिका हमाल, हेमन्त शर्मा, कमल गाउले र तारापति सुवेदी लगायतका कलाकारहरुले प्रस्तुती देखाएपछि महोत्सव रोमाञ्चक भएको छ ।
सुर्खेत लगायत महोत्सव अवलोकनका लागि आएका यस क्षेत्रका दर्शकहरुले बिहीबार दिनभर मनोरञ्जन दिलाएका थिए । राष्ट्रिय स्तरका कलाकारहरुको प्रत्येक दिन हुने प्रस्तुतीले महोत्सवमा दर्शकको संख्यामा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ । विहिबार विदाको दिन परेकाले दर्शकको उल्लेख्य संख्यामा महोत्सवमा उपस्थिति रहेको आयोजकले जानकारी दिएका छन् ।

साथै महोत्सवको तेस्रो दिन आज (शुक्रबार) कलाकारहरु कुलेन्द्र विक, ज्योती मगर, अर्जुन कौशल, दिपक थापा, खुमन अधिकारी लगायतको प्रस्तुति रहनेछ । त्यस्तै शनिबार १७ गते कमल खत्री, टिका पुन, पुष्कल शर्मा, दिपक खड्का, नायक शुसान्त कार्की, दिपासा बिसी, १८ गते शिव परियार, बद्री पंगेनी, मञ्जु महत, राजु गुरुङ, रमेश बिजीको प्रस्तुति राखिएको आयोजकले जानकारी दिएका छन् ।
१९ गते रामचन्द्र काफ्ले, प्रजापति पराजुली, अर्जुन सोनाम, जुनु काफ्ले, शरला पाण्डे, २० गते शिरीष देवकोटा, प्रमोद खरेल, पुरुषोत्तम न्यौपाने, रमिला न्यौपाने, २१ गते बिमल क्षेत्री, चन्द्र शर्मा, जमुना राना, शंकर बिसी, पार्वती राई, स्मृती शाही, २२ गते शिव हमाल, हुम गैरै, देवी घर्ती लगायतको प्रस्तुति रहनेछ ।
सुर्खेत जिल्लाको पर्यटन गुरु योजना तोकिएको समयभित्रै पुरा गर्न आर्थिक रकम संकलन गर्ने प्रमुख उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव आगामी २२ गतेसम्म सञ्चालन हुनेछ ।  महोत्सवमा हेलिकप्टरबाट मुगुको रारा ताल लगायत पर्यटकीय स्थलहरुको भ्रमण र रारा बसाई, परम्परागत संस्कृति झल्कने साँस्कृतिक झाँकिहरुको प्रस्तुति, पर्यटकीय क्षेत्रको पदयात्रा, सामुदायिक संवाद, पर्यटकीय क्षेत्रको भ्रमण, भ्यू टावरको अवलोकन, भेरी नदीमा जलयात्रा सहितका आकर्षणहरु रहेका छन् ।
त्यस्तै महोत्सव अवधिमा वृत्तचित्र र फोटो प्रदर्शनी, स्थानीय भेषभुषा झल्किने कार्यक्रमहरु, पुस्तक तथा विज्ञान प्रदर्शनि, शिक्षकले चाहे गर्न सक्छन् कार्यक्रम, सामुदायिक पुस्तकालय स्थापना, निःशुल्क योग साधना शिविर र सुर्खेती गर्रा एवम् देउडा नाँच प्रर्दशन गरिने आयोजक पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिए ।
महोत्सवले यस क्षेत्रको शैक्षिक एवम पर्यटन विकास, लघु घरेलु तथा कृषि जन्य उत्पादनको प्रर्वद्धन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण, स्थानीय प्रतिभाको प्रष्फुटनका क्षेत्रमा योगदान पु¥याउने विश्वास गरिएको छ । महोत्सवमा करिव ८८ लाखको कारोवार हुने अनुमान गरिएको आयोजकले बताएको छ । महोत्सवबाट हुने आम्दानी मध्ये १५ लाख पर्यटन गुरुयोजना निर्माणमा खर्च गरिनेछ । 

No comments:

Post a Comment