नेपालगन्ज, १५ फागुन ।
नेपाल वायुसेवा निगमले पर्याप्त हवाई उडान गर्न नसक्दा मध्यपश्चिमको पर्यटन विकासमा अवरोध पुगेको पर्यटन व्यवसायीले बताएका छन् । सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हवाईमार्ग बाधक बन्ने गरेको गुनासा आइरहेको बेला पर्यटन व्यवसायीको यस्तो धारणा आएको हो ।
नेपाल वायुसेवा निगमले पर्याप्त हवाई उडान गर्न नसक्दा मध्यपश्चिमको पर्यटन विकासमा अवरोध पुगेको पर्यटन व्यवसायीले बताएका छन् । सो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि हवाईमार्ग बाधक बन्ने गरेको गुनासा आइरहेको बेला पर्यटन व्यवसायीको यस्तो धारणा आएको हो ।
मध्यपश्चिम पर्यटन व्यवसायको महत्वपूर्ण गन्तव्य मानिन्छ । मध्यपश्चिमको पहाडी क्षेत्रको गन्तव्यको एकमात्र विकल्प रहेको हवाईमार्ग अत्यन्तै जोखिमपूर्णसमेत रहेकाले पनि पर्यटन प्रवद्र्धनमा समस्या रहेको होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले बताउँछन् ।
“अझ हवाई भाडा महँगो हुँदा पर्यटक निरुत्साहित हुनेगरेका छन्” उनले भने । उनका अनुसार काठमाडौंबाट नेपालगन्जभन्दा भारतको दिल्ली हवाई भाडा सस्तो छ । पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय पर्यटन नीतिमै कमजोरी रहेको वरिष्ठ उपाध्यक्ष काफ्लेको बुझाइ छ ।
“मध्य र सुदूरपश्चिमबाट अहिलेसम्म पर्यटन बोर्डमा प्रतिनिधित्व छैन । त्यहाँ भएका व्यक्तिले काठमाडौं, पोखरा, चितवन लगायतका केही सीमित ठाउँमा बसेर पर्यटन नीति बनाउँदा कसरी प्रभावकारी हुन्छ” उनले प्रश्न गरे । पर्यटन प्रवद्र्धनका लागि राज्यले नै लगानी गर्न नसकेको आरोप उनले लगाए ।
“हामी निजी हवाई सेवा कम्पनीहरुलाई भाडादर महँगो बनाए भनेर आलोचना गरिरहेका छौं । नाफाका लागि सञ्चालनमा रहेका हवाई सेवा कम्पनीहरुले घाटामा जहाज उडाउने कुरा पनि त भएन । सरकारी वायुसेवा निगमले आफ्नै जहाज सञ्चालनमा ल्याउन सक्नुपर्छ,” उनले भने, “सरकारी विमान कम्पनीकै हालत राम्रो छैन । खरिद प्रक्रिया सुरु भए घोटाला सुरु हुन्छ ।”
पूर्वको तुलनामा पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा सरकारी क्षेत्र नै उदास रहेको यहाँका होटल तथा पर्यटन व्यवसायीहरुको छ । पश्चिममा राज्यको लगानी सून्य रहेको व्यवसायीहरुको दाबी छ । वरिष्ठ उपाध्यक्ष काफ्लेका अनुसार यहाँका सरोकारवाला निकायहरुले पर्यटन प्रवद्र्धनलाई प्राथमिकीकरण नै गर्न नसक्नु ठूलो समस्या हो ।
मध्य तथा सुदूरपश्चिमका २४ वटै जिल्ला विकास समितिले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर कार्यक्रम तयार गर्न सके पश्चिम नेपालले धेरै पर्यटकहरु भित्र्याउन सक्ने व्यवसायीको दाबी छ ।
नेपालगन्जस्थित लायन्स टुर्स एन्ड ट्राभल्सका रवि गिरीले निजी कम्पनीहरुले पनि पर्यटन प्रवद्र्धनका लागि टुर प्याकेज लगायतका विभिन्न सेवाहरु दिइरहेको बताए । “पर्यटक आकर्षित गर्ने प्रमुख कारक हवाई भाडा पनि हो । सस्तो गन्तव्यले पर्यटकलाई बढी आकर्षित गर्छ । भाडा कम भएपछि प्याकेज सस्तो हुनासाथ पर्यटक थपिन्छन् । हवाई भाडाका आधारमा टुर प्याकेज तयार हुन्छ” उनले भने । उनले साना र सिंगल इन्जिन भएका जहाज उडाउनुपर्ने र त्यसको लागत महँगो पर्न जाने भएकाले भाडादर महँगो पर्ने गरेको बताए ।
नेपालगन्जबाट जुम्लाको ७ हजार ४ सय ४५, हुम्लाको ११ हजार ५ सय ३५, मुगुको ८ हजार ९ सय ७० रुपैयाँ र काठमाडौंको ८ हजार ६ सय ५५ रुपैयाँ हवाई भाडादर छ । यसले दुई तर्फ भाडादर निकै महँगो पर्न जाने पुष्टि हुन्छ । बाध्यतात्मक अवस्था बाहेक अन्य समस्यामा आन्तरिक तथा बाह्रय पर्यटक यात्रा गर्न हिच्किचाउने गरेका छन् ।
काठमाडौं करिब ४५ मिनेटको दूरीमा भन्दा काठमाडौं दिल्लीको १ घण्टा १० मिनेटको दुईतर्फी उडानमा करिब १४ हजार मात्रै तिरे पुग्छ । महँगो भाडाका कारण तेस्रो मुलुकबाट नेपालगन्ज हुँदै पश्चिम नेपाल भ्रमणमा आउन चाहने पर्यटकहरुमा सोझै काठमाडौंबाट बाहिरिने गरेको व्यवासीहरुको दाबी छ ।
व्यवसायीका अनुसार यस क्षेत्रमा सुरक्षित विमानस्थल नहुँदा हवाई उडानमा थप समस्या हुने गरेको छ, जसका कारण जहाजले भार क्षमताभन्दा कम यात्रु बोक्नुपर्ने अवस्था छ । यस क्षेत्रका विमानस्थल कालोपत्रे नहुनु र धावनमार्ग कम हुनुले पनि समस्या देखिन्छ । हवाई यात्राका क्रममा यात्रु र चालक दलका सहस्यहरुलाई कसरी सुरक्षित हुने भन्ने प्रशिक्षणको अभाव रहेको व्यवसायीले बताएका छन् ।
No comments:
Post a Comment