सुर्खेत, १५ फागुन ।
जिल्ला वन कार्यालय सुर्खेतले काठ तस्करमा संलग्न दुई जना युवालाई विहिबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत नेटा गाविस–३ घर भई हाल लाटीकोइली–१ पिपीरा बस्ने २१ वर्षिय करन परियार र गर्पन–३ का १७ वर्षिय लोकन्द्र बोहरा रहेका छन् ।
जिल्ला वन कार्यालय सुर्खेतले काठ तस्करमा संलग्न दुई जना युवालाई विहिबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत नेटा गाविस–३ घर भई हाल लाटीकोइली–१ पिपीरा बस्ने २१ वर्षिय करन परियार र गर्पन–३ का १७ वर्षिय लोकन्द्र बोहरा रहेका छन् ।
बुधबार राती जिल्ला वन कार्यालयमा रहेको सुरक्षाकर्मीको गस्ती टोलीले तस्करमा संलग्न ती युवालाई पक्राउ गरेको जनाएको छ । नियमित गस्ती टोलीले संलग्न दुई जना युवालाई पक्राउ गर्न सफल भएको हो ।
जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसियाले दिएको जानकारी अनुसार तस्करले पानी परेको समयलाई मौका छोपी काठ तस्करी गर्दै गर्दा लाटीकोइलीको पिपिरा नजिकैबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका युवाबाट पाँच क्यूफिट काठ समेत बरामद गरिएको उनको भनाई छ । लाईकोइली–१ पिपिराका ठेकेदार कालिपारे बरालले काठ बोके वापत फिटको ९० रुपैयाँ दिन्छु, भनेपछि काठ बोक्न गएको २१ वर्षिय करन परियारले बताए ।
घरमा श्रीमति मात्र छ, पैसा कमाउने लोभले श्रीमतिलाई समेत केही नभनेर गइयो, यस्तो फर्सादमा परियो, उनले दुखेसो पोखे । ठेकेदारले पिपिरा चोकमा पु¥याए मात्र पैसा दिने सहमतिमा काठ बोकेको पक्राउ परेका अर्का लोकेन्द्र बोहरा बताए ।
बोहराका अनुसार, ठेकेदार बरालले सडकमा गाडी आउने वित्तिकै काठ नाली लुकाउनु भनेकाले त्यही गर्दै आइयो, वनले गस्तीले पठाएको रहेछ थाहा भएन, पक्राउ परियो उनले खुलासा गरे । गत बर्षको एसएलसी परीक्षामा अनुर्तिण भएका बोहरा भने बेरोजगारका कारण यस्तो पेशामा लाग्नुपरेको बताउँछन् ।
बोहरालाई भाग्ने क्रममा पानीको तालमा परेपछि समातिएको वन गस्ती टोलीले जनाएको छ । तस्करीमा संलग्न अन्य ४ जना भाग्न सफल भएको गस्तीटोलीमा खटिएका जमदार गोपालबहादुर थापाले बताए । काठ तस्करीमा संलग्न दुबै जनालाई वन ऐन ०४९ को अनुसार कार्वाहीको लागि मुद्दा चलाईने भएको चौरसियाले बताए ।
No comments:
Post a Comment